पूर्वाधार

असार मसान्तसम्म ग्वार्को फ्लाइ ओभर नबन्‍ने पक्का (फोटो फिचर)

गंगा थपलिया |
असार १६, २०८१ आइतबार १०:२७ बजे

काठमाडौँ - असार मसान्तसम्म ग्वार्को फ्लाइ ओभर नबन्ने पक्का भएको छ । सडक विभागको गुणस्तर अनुसन्धान विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सिडिई) राकेश महर्जनले ग्वार्कोको फ्लाइ ओभरमा असार सम्ममा गाडी कुद्ने बताएका थिए । अहिले फ्लाइओभर निर्माणको अवस्था हेर्दा असारमा गाडी नगुड्ने पक्का भएको हो । अहिले माटो हालेर पेल्ने काम भइरहेको छ । यता बी एण्ड बी हस्पिटल तर्फ काम सुरु भएकै छैन ।

फ्लाई ओभर निर्माणका लागि २०७८ माघ २७ गते निर्माण कम्पनी आशिष-समानान्तर-रेलिगेर जेभीले ठेक्का पाएको हो ।  सम्झौता गरिएको दुई वर्षमा काम सक्ने गरी निर्माण अवधि तोकिएको थियो । तर चार वर्षसम्म पनि काम सकिने छाँट छैन । चौतर्फी रूपमा चक्रपथ सडक खण्डमा ट्राफिक जामलाई व्यवस्थापन तथा सहज नियन्त्रण गर्न यो परियोजना सरकारले सुरु गरेको हो । यसको कुल लागत १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ छ । 


 

 

 

 

 


Author

थप समाचार
x