Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

पूर्वाधार

नारायणगढ-बुटवल सडक विस्तारका काम सुस्त: ६ वर्षमा ५३ प्रतिशत प्रगति

इकागज |
साउन ७, २०८१ सोमबार १२:४९ बजे

फाइल फाेटाे

काठमाडौँ - नारायणगढ-बुटवल सडकको विस्तारको काम शुरु भएको ६ वर्ष बितिसक्दा पनि ५३ प्रतिशत मात्र प्रगति भएको छ। हाल बर्खाको मौसममा दाउन्ने खण्डमा हिलो र लेदोका कारण सवारी चलाउन समस्या उत्पन्न भएको छ। सडक विस्तारका लागि छेउका पहाड भत्काउँदा चोरमारा क्षेत्रमा हिलोका कारण सवारीसाधन चिप्लने घटनाहरू भएका छन्।

सडकको निर्माण प्रक्रिया ०७५ चैत ८ मा सुरु भएको हो । ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ। पटक-पटक म्याद थप भए तापनि निर्माण व्यवसायीले कामको गति बढाउन सकेका छैनन्। प्रतिनिधिसभा र राष्ट्रिय सभाका समितिहरूका प्रमुखहरूले पटक-पटक अनुगमन गरेर काम छिटो सक्न निर्देशन दिएका छन्, तर प्रगति कम छ।


हालको म्याद दोस्रो पटक थपिँदैछ । आयोजना निर्देशनालयका प्रमुख चूडाराज ढकालले एक वर्षभित्र काम सक्ने प्रतिबद्धता जनाए मात्र म्याद थप्न सकिने जानकारी दिएका छन्। अहिले दाउन्ने र चोरमारा बजारसम्मको २१ किलोमिटर सडक खण्डमा खाल्डा र पानी जमेको छ । जसले गर्दा यात्रुहरूलाई कठिनाइहरूको सामना गर्नुपरेको छ।

चिनियाँ ठेकेदार कम्पनीले डेढ वर्ष म्याद थप्न माग गरेको छ । तर मन्त्रालयले एक वर्ष मात्र थप्ने सल्लाह दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय प्रतीक्षामा रहेको छ । निर्माण व्यवसायीहरूले कामको प्रगति बढाउनु पर्ने दबाब दिइरहेको छ।


Author

थप समाचार
x