पूर्वाधार

कुपण्डोलको सडक मर्मतपछि सवारी सञ्चालनमा आए

इकागज |
भदौ ३०, २०८१ आइतबार ९:५३ बजे

ललितपुर- शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् । आइतबार बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो ।

” मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो । शनिबार साँझदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो ।


मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डले बताए । -रासस

 


Author

थप समाचार
x