पूर्वाधार

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

इकागज |
असोज २१, २०८१ सोमबार २२:१३ बजे

सांकेतिक फोटो

बझाङ - बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध भएको छ । आइतबार बिहानैदेखि गाएको पहिरो हटाउन दुई वटा जेसिबी लगाए पनि सडक सञ्चालन हुन सकेको छैन ।

जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका–१ बालुवाटार नजिक खसेको सुक्खा पहिरो हटाएर अझै यातायात सञ्चालन गर्न नसकिएको स्थानीय रमेश गिरीले बताए । उनका अनुसार पहिरो पन्छाउन दुई वटा जेसिबी प्रयोग गरिए पनि माथिबाट निरन्तर पहिरो खसेका कारण सडक सञ्चालन हुन नसकेको हो ।


 सडकमा पहिरो गएपछि यात्रुहरू तलबाट हिँडेर गन्तव्यतिर गइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद विष्टले जानकारी दिए । उनले जेसिबीले सफा गर्न सुरु गर्ने बित्तिकै माथिबाट पहिरो आउने र सडक पुर्ने गरेको बताउनुभयो । उहाँका अनुसार पहिरो रोकिने बित्तिकै पहिरो पन्छाइ सडक सञ्चालन हुनेछ ।
रासस


Author

थप समाचार
x