पूर्वाधार

मुग्लिङ-पोखरा सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

इकागज |
कात्तिक २९, २०८१ बिहीबार १८:४० बजे

फाइल फोटो

 मुग्लिङ-पोखरा सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ । तनहुँ प्रहरीका अनुसार मुग्लिन पोखरा सडक खण्डको छिर्कनदेखि देउराली सडक खण्डको निर्माणको काम गरिने भएकाले मङ्सिर ३ गतेदेखि २३ गतेसम्म हरेक दिन साढे ४ घण्टा बन्द हुने भएको हो ।

सडकराति ११ बजेदेखि बिहान १ बजेसम्म तथा बिहान साढे एक बजेदेखि चार बजेसम्म पूर्ण रुपमा बन्द हुने प्रहरीले जनाएको छ ।


सो समयमा सडक पूर्ण बन्द गरेर निर्माणको काम गरिने भएको छ । सो समयमा आकस्मिक अवस्थामा भने सवारी पास गराइने प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x