पूर्वाधार

फाइभ जी सेवालाई परीक्षणमा लैजाने नेपाल टेलिकमको घोषणा

इकागज |
भदौ २१, २०७८ सोमबार २०:५८ बजे

काठमाडौँ – नेपाल टेलिकमले फाइभ जी सेवालाई परीक्षणमा लैजाने घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलनमा बोल्दै नेपाल टेलिकमका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले यस्तो बताएका हुन् । फाइभ जी सेवालाई परीक्षणमा लैजाने प्रक्रिया चाँडै सुरु गरिने उनले बताए ।

फोर जी सेवालाई अझै गुणस्तरीय बनाइने पनि अधिकारीले उल्लेख गरे । प्रबन्ध निर्देशक अधिकारीले देशभरका आवश्यक स्थानमा फाइबर बिच्छ्याउने कामलाई तीव्रता दिइने बताउँदै कोभिड संक्रमणका कारण टेलिकमको काम नरोकिने स्पष्ट पारे । 


टेलिकमले कल ट्यापिङ गर्ने हल्ला भएको भन्दै हल्लाको पछि नलाग्न उनले सबैमा आग्रह गरेका छन् । टेलिकमसँग कल ट्यापिङ गर्ने उपकरण नै नभएको उल्लेख गर्दै उनले टेलिकमले कल ट्यापिङ नगरेको स्पष्ट पारे । ‘कल ट्यापिङको उपकरण नै छैन ।

कल ट्यापिङ गर्ने एलआइ भन्ने उपकरण हुन्छ । त्यो उपकरण आयात गर्न दुरसञ्चार प्राधिकरणसँग अनुमति चाहिन्छ । हामी दुरसञ्चार सेवा प्रदायकले एलआइ इक्वीपमेन्ट किन्न पाइँदैन,’ उनले भने । टेलिकमले सस्तो, गुणस्तरीय सेवा देशभरका सम्पूर्ण भेगमा पु¥याउने दायित्वको साथ काम गरिरहेको उनको भनाइ छ ।


Author

थप समाचार
x