पूर्वाधार

आक्रमक रुपमा बजार विस्तार गर्दै सिजी नेट

इकागज |
भदौ २३, २०७८ बुधबार १५:३३ बजे

काठमाडौँ- चौधरी ग्रुप अन्तर्गतको सीजी नेटले ९ सय ९९ रूपैयाँमा १ सय २० एमबिपिएसको इन्टरनेटसहित नेपाली इन्टरनेट बजारमा प्रवेश गरेको सीजीले अबको दुई महिनाभित्रमा काठमाडौँ, ललितपुर र भुक्तपुरका अधिकांश स्थानमा इन्टनेट विस्तार गर्ने भएको लक्ष्य राखेको छ ।

त्यस्तै ललितपुरको सातदोबाटो, भैसेपाटी, हात्तीवन, इमाडोल लगायतका स्थानमा पनि २ महिनाभित्र इन्टरनेट विस्तार हुने कम्पनीले जनाएको छ । भक्तपुरको कौशलटार, राधे राधे, सानोठिमी, सूर्यविनायक र बालकोटमा पनि इन्टरनेट विस्तार गर्ने कम्पनीले जनाएको छ । 


सीजी नेटको सेवा हाल जावलाखेल, लगनखेल, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा (रिङरोड) पुलचोक, कुलेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, कलंकी, सतुंगल, छाउनी, बालाजु र बल्खुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

 

 


Author

थप समाचार
x