भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्न सरकारलाई निर्देशन
काठमाडाैं - विकास तथा प्रविधि समितिले दार्चुला टिंकर सडकखण्ड निर्माणमा भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्ने वातावरण बनाउन निर्देशन दिएको हो ।
त्यस्तै समितिले जोखिम लिएर निर्माण कार्यमा काम गर्ने नेपाली सेनालाई चालू आर्थिक वर्षभित्र लागू हुने गरी जोखिम भत्ताको व्यवस्था गर्न समेत निर्देशन दिएको छ । समिति सभापति कल्याणी खड्काले बैठकमा बोल्दै दार्चुला टिंकर सडकखण्डको रेखाङकन महाकाली नदीको किनारमा भएकाले अधिकांश स्थानमा ढुङगाको चट्टान फोर्दा ढुङगाका टुक्राहरु सीमापारी जाने भएकाले समय समयमा भारतीय पक्षले काम अगाडि बढाउन अवरोध गरेको बताइन् । अवरोधले काममा समस्या भएकाले भारतीय पक्षसँग समन्वय गरी काम गर्ने वातावरण बनाउन उनले सरकारलाई निर्देशन दिएकाे बताइन् । उनले सरकारले दुर्गम क्षेत्रमा सडक निर्माणमा काम गर्ने नेपाली सेनालाई जोखिम भत्ताको व्यवस्था गर्न निर्देशन पनि दिइन् । समितिले कर्णाली करिडोर तथा दार्चुला सडकखण्ड निर्माणको लागि आवश्यक बजेटको व्यवस्था गर्न निर्देशन दिएकाे छ ।
सभापति खड्काले भनिन्,‘दार्चुला टिंकर सडकखण्डको रेखाङकन महाकाली नदीको किनारमा भएकाले अधिकांश स्थानमा ढुङगाको चट्टान फोर्दा ढुङगाका टुक्राहरु सीमापारी जाने भएकाले समय समयमा भारतीय पक्षले काम अगाडि बढाउन अवरोध गरी समस्या भएकाले भारतीय पक्षसँग समन्वय गरी काम गर्ने वातावरण बनाउन समिति सरकारलाई निर्देशन दिन्छ । त्यस्तै नेपाली सेनाबाट निर्माणाधीन सडकहरु भौगोलिक रुपमा विकट तथा कडा चट्टानहरुबाट जोखिमपूर्ण हुने भएकाले यही चालू आर्थिक वर्षभित्र लागू हुने गरी निर्माण कार्यमा काम गर्ने सकल दर्जालाई प्रोत्साहान स्वरुप जोखिम भत्ताको व्यवस्था गर्न समिति सरकारलाई निर्देशन दिन्छ। त्यस्तै कर्णाली करिडोर तथा दार्चुला टिंकर सडकखण्डमा आवश्यक पर्ने बजेट विनियोजन गरी निर्बाध रुपमा विकास निर्माणका काम सूचारु गर्ने आवश्यक व्यवस्था मिलाउन तथा विकास निर्माणमा खटिने जनशक्तिको अभाव देखिएकाले आवश्यक जनशक्ति तत्काल परिपूर्ति गर्न समिति सरकारलाई निर्देशन दिन्छ । त्यस्तै,समितिले स्थलगत अध्ययन अवलोकन भ्रमण प्रतिवेदन २०७८ माथि छलफललाई आवश्यक परिर्वतन गरिएका विषयहरु कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिन्छौं ।’
समितिले सरकारलाई स्थलगत अध्ययन अवलोकन भ्रमण प्रतिवेदन २०७८ माथि छलफललाई आवश्यक परिर्वतन गरिएका विषयहरु कार्यान्वयन गर्न सरकारलाई निर्देशन समेत दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया