अयोध्यादेखि जनकपुरधाम जोड्ने रामजानकी मार्गमा फोरलेन सडक निर्माण गरिने
जनकपुरधाम - भारतले अयोध्यादेखि नेपालको जनकपुरधामसम्म रामजानकी मार्गलाई फोर लेन सडकको रूपमा निर्माण गर्ने भएको छ । भारतको केन्द्रीय सडक परिवन राजमार्ग मन्त्री नितिन गडकरीले बिहार सरकारका सडक निर्माण मन्त्री नितिन नवीनलाई २० जनवरीका दिन भारतको रामजानकी मार्ग उत्तर प्रदेशस्थित भगवान श्रीरामको जन्मस्थली अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने सडकलाई फोर लेन सडक निर्माण गर्न स्वीकृति दिएको जनाएको छ ।
सो पत्रमा भनिएको छ, '२२ नोवेम्भर २०२१ मा रामजानकी मार्ग विकसित गर्ने अनुरोध स्वीकार गर्दै सो सडक निर्माण गर्ने निर्णय केन्द्रीय सरकारले गरेको छ ।' पत्रमा भनिए अनुसार रामजानकी मार्ग अन्तर्गत भारत उत्तरप्रदेशको अयोध्यादेखि बस्ती—बडहलगंज बिहार राज्यको मेहरौना घाट—सिवान—चकिया—सीतामढी—भिठामो
बिहारका सडक निर्माण मन्त्री नवीनले राज्यमा करिब २ सय ४० किलोमिटर लम्बाइमा निर्माण भइरहेको रामजानकी सडकमध्ये ९० किलोमिटर मात्रै फोरलेनको मापदण्डअनुसार रहेकोले बाँकी १५० किलोमिटर टू लेनको सडकको प्रस्ताव गरेको थियो । तर केन्द्र सरकारले सो १ सय ५० किलोमिटर लम्बाइलाई पनि फोर लेनको बनाउने प्रस्ताव गरेर फोर लेन नै बनाउने गरी स्वीकृति दिएर निर्माण कार्य अघि बढाउन अनुमति दिएको छ ।
पीएम प्याकेज बिहार–२०१५ अन्तर्गत यस मार्गको २०० कि.मी. उक्त भागलाई चार लेनको सडक बनाउने काम एनएचआईले गरिरहेको छ । उक्त राजमार्गको फोरलेन निर्माणका लागि ६१५५ करोड अनुमानित लागत रहेको छ । हुनत हुलाकी राजमार्ग अन्तर्गत नेपालको जनकपुरधामदेखि भिठामोडसम्म भारत र नेपाल सरकारको संयुक्त लगानीमा हुलाकी राजमार्ग अन्तर्गत फाेर लेन सडक अहिले निर्माणाधीन अवस्थामा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया