सहरी विकासमन्त्री झाँक्रीद्वारा धोविखोला करिडोर क्षेत्रमा अनुमगन
काठमाडाैँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोविखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गर्नु गरेकी छन् ।.सडक अतिक्रमण नगर्न पटकपटक सचेत गराउँदा पनि नमानेपछि बुधबार मन्त्री झाँक्री आफैँ सो करिडोरको अनुगमन गरेकी हुन् ।
सवारी साधन नै पास नहुने गरी निर्माण सामग्री राख्ने, पसल राख्ने, टेबल, कुर्सी समेत राखेर बस्ने अवस्था भएपछि उपत्यका विकास प्राधिकरणले कानुन विपरीत सडक अतिक्रमण नगर्न सचेत गराउँदै आएको थियो ।
मन्त्री झाँक्रीले आज अनुगमनका क्रममा पनि सडक अतिक्रमण गर्ने काम नगर्न पुनः एक पटक सचेत गराइएको बताइन् । अब पनि नमाने उनीहरुमाथि कानुनबमोजिम कारबाही गर्ने उनले बताइन् । उपत्यका विकास प्राधिकरण ऐनअनुसार सडक अतिक्रमण गर्न निषेध गरिएको छ । तर सो ऐन विपरीत सडक अतिक्रमण गर्नेहरुलाई अब कानुनबमोजिम कारबाही गर्ने सरकारको तयारी छ ।
मन्त्री झाँक्रीले सार्वजनिक स्थलहरुको अतिक्रमण हुन नदिने गरी अनुगमन गर्न पनि उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिइन् । उनले भने, ‘आज विदाकै दिन भएपनि उहाँहरुलाई सचेत गराऔं भनेर अनुगमनमा आएका छौं । अतिक्रमण नगर्नुस् भनेर माईकिङ गर्नेलगायतका काम गर्दै आएका छौं । तर उहाँहरुले मान्नु भएन र आज सचेत गराएका छौं । उहाँहरुलाई आफ्नो सामान निकाल्नुस् भनेका छौं । त्यसपछि पनि मान्नु भएन भने कानुन बमोजिम कारबाही पनि हुन्छ । अनुगमनत भईनै रहन्छ । किनभने उपत्यका विकास प्राधिकरणलाई अनुगमन गर्ने अथोरिटी पनि छ । आमी अनुगमन निरन्तर गर्छौं ।’
मन्त्री झाँक्रीको अनुगमनका क्रममा प्रहरीले सडकमा राखिएका निर्माण सामग्री, पसल आदि हटाएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया