पूर्वाधार

द्रुतमार्ग निर्धारित समयमा सक्न थप रकम व्यवस्थापन आवश्यक

इकागज |
माघ २०, २०७८ बिहीबार १६:२४ बजे

काठमाडौं–तराई–मधेश द्रुतमार्गलाई निर्धारित समयमा सम्पन्न गराउनका लागि आवश्यक पर्ने थप रकम व्यवस्थापनका लागि संसदीय समितिले सरोकारवाला मन्त्रालयहरुसँग छलफल गर्ने भएको छ ।

काठमाडौं–तराई÷मधेश द्रुतमार्गको अवलोकन भ्रमणसमेत गरेको राष्ट्रिय सभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन समितिले द्रुतमार्ग सम्पन्न गर्नका लागि थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने निष्कर्ष निकाल्दै सो रकमको व्यवस्थापनका लागि सरकारका सरोकारवाला मन्त्रालयहरुसँग छलफल गर्ने भएको हो । 


समितिको बिहीबार बसेको बैठकपछि कुरा गर्दै समिति सभापति रामनारायण विडारीले द्रुतमार्ग सम्पन्न गर्नका लागि हालसम्म खर्च भइसकेको बाहेक थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने देखिएको र त्यति रकमको स्रोत सुनिश्चित नहुञ्जेल काम अगाडि बढेमा काममा अवरोध हुने भएकाले रकम सुनिश्चितताका लागि सरकारका सम्बन्धित सरोकारवाला मन्त्रालयहरुसँग छलफल गरिने बताए । 

‘यसलाई २०८१ सालसम्ममा सम्पन्न गर्ने नेपाल सरकारको नीति र उद्देश्य छ । तर अहिलेको काम गराईको ढाँचालाई हेर्दा र हाम्रो समितिले स्थलगत निरिक्षण गर्दा त्यो २०८१ मा सक्ने कुरामा शंकाहरु उत्पन्न भएको हुनाले सम्बन्धित मन्त्रालयहरु, खासगरी वन मन्त्रालय, भौतिक तथा पूर्वाधार निर्माण मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय लगायतका मन्त्रालयसहित मन्त्रिपरिषद् सचिवालयका सचिवहरुसँग छलफल गरिएको उनले बताए । 

उनले विभिन्न मन्त्रालयहरुबिच समन्वय नभएका कारण काम गर्न ढिलाई भइरहेको भन्दै मन्त्रालयहरुबिचमा समन्वय बढाइ काम सम्पन्न गराउने विषयमा पनि सम्बन्धित मन्त्रालयहरुसँग छलफल गरि समितिले आगामी दिनमा निर्देशन दिने बताए। 


Author

थप समाचार
x