पूर्वाधार

नाग्म-गमगडी सडक स्तरोन्नति हुँदै

इकागज |
फागुन ६, २०७८ शुक्रबार १८:१५ बजे

फाइल फोटो

खलङ्गा :  पर्यटकको आकर्षक गन्तव्यका रुपमा मानिने मुगुस्थित रारा ताल जोडिने नाग्म गमगडी सडकको स्तरोन्नति गर्ने कार्य सुरु भएको छ । सो राजमार्गको  ५२ किलोमिटरमा ग्राभेल कार्य सम्पन्न भएको छ । डिभिजन सडक कार्यालय जुम्लाले पछिल्लो समय अलपत्र परेको तल्लो क्षेत्रको ग्राभेल कार्य अगाडि बढाएपछि करिब ५२ किमी ग्राभेल कार्य सकिएको कार्यालयका इन्जिनियर सन्तोष भण्डारीले बताए । 

उनले भने, “जम्मा ९३ किलोमिटर लम्बाइ भएको नाग्म –गमगडी राजमार्गको स्तरवृद्धिका लागि काम भइरहेको छ । जुम्ला र कालीकोटको सीमा नाग्मदेखि हिमा गाउँपालिका क्षेत्रसम्म जोड्ने सडकको काम पनि अहिले भइरहेको छ । ठेक्का लागेर पनि विगत पाँच वर्षदेखि सो सडकको छ किलोमिटरसम्मको काम हुन सकेको थिएन । स्थानीय निर्माण व्यवसायी बलीबहादुर शाहीले सो सडकको निर्माण कार्य गरिरहेका छन् । अब सो काम अन्तिम टुङ्गो लाग्दैछ । सो राजमार्गको विभिन्न स्थानमा गरी अहिले ५२ किलोमिटर ग्राभेल कार्य भइसकेको र अन्य काम अगाडि बढाइने सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर भण्डारीले बताउनुभयो ।”
    
सो क्षेत्रमा अप्ठ्यारो स्थान निर्माणका लागि अगाडि बढाइएको छ । मुगु जिल्लाको गमगडीबबाट ताल्चासम्मको सड्क कङ्क्रिट सिमेन्टले निर्माण गर्न थालिएको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ । 


नाग्म–गमगडी राजमार्ग स्तरवृद्धिका लागि प्राथमिकताका साथ काम भइरहेको छ । अब काम ढिलाइ नगरी कार्य समयमै सम्पन्न हुने गरी कार्यालय लागि परेको सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख राजीव श्रेष्ठले बताए । रासस 


Author

थप समाचार
x