जुम्ला–डोल्पा जोड्ने सडक शिलान्यास
फाइल तस्विर
जुम्ला- जुम्लाको गुठीचौर गाउँपालिका–४ प्याकुरेबाडा–मुडुरी हुँदै डोल्पा जोड्ने सडक शिलान्यास गरिएको छ । गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले जुम्ला खलङ्गाबाट दानसाँघु, गज्र्याङकोट हुँदै डोल्पा जाने सडक हाल सञ्चालनमा रहेको जानकारी दिए।
यो सडक हिउँदका लागि उपयुक्त हुनेछ । डोल्पामा सडक विस्तार गर्न दुहिया भीर फुटाल्नुपर्ने भएको छ उनले भने, “गाउँपालिकाको सबैतिरबाट डोल्पा जोड्न सडक सञ्जाल विस्तार गर्ने तयारी भइरहेको छ ।”
यसले डोल्पा, जुम्लाको व्यापारिक सम्बन्धलाई बलियो बनाउनेछ। गुठीचौरदेखि डोल्पासम्म सडक विस्तार गर्न रु दुई करोड ६० लाख विनियोजन भएको छ । सडक निर्माण गर्न गुठीचौर गाउँपालिकाको एक करोड ३० लाख तथा कर्णाली प्रदेशको समपूरक बजेटबाट एक करोड ३० रुपैयाँ विनियोजन भएको अध्यक्ष भण्डारीले बताए । जुम्ला र डोल्पाको व्यापारी नाका गुठीचौर गाउँपालिका हो। व्यापारका सामान आयात तथा निर्यात गर्न सजिलो हुने वडाध्यक्ष जग्गीप्रसाद जैसीले जानकारी दिए।
जुम्लाको जडीबुटी र स्याउ, डोल्पाको बहुमूल्य यार्सासहितका जडीबुटी ओसारपसार गर्न सकिनेछ। कर्णालीका लागि लाभदायक सडक हुने गुठीचौर गाउँपालिकाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया