सूर्यज्योति लाइफका बिमितले अनलाइन प्रिमियम भुक्तानी गर्दा उपहार जित्न सक्ने
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइन मार्फत बिमालेख नवीकरण गर्ने आफ्ना बिमितहरुको लागि पेमेन्ट गेटवे खल्ती सँगको सहकार्यमा उपहारै उपहार सहितको आकर्षक योजना ल्याएको छ ।
यो योजना अन्तर्गत खल्ती एप मार्फत मिति २०८१ मंसिर १८ गते देखि पौष २९ गते सम्मका बीमाशुल्क भुक्तानी गर्ने जुनसुकै बिमितले थुप्रै उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
सूर्यज्योतिका बिमितहरुले खल्ती एप प्रयोग गरी आफ्नो प्रिमियम तिर्दा रु.३०० देखि रु ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् जसअन्तर्गत बीमा नवीकरण मिति अगावै भुक्तानी गरेमा रु.५०० र तोकिएको नवीकरण मितिको ७ दिन भित्रमै भुक्तानी गरेमा रु.३०० प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै कम्पनीका अनुसार साप्ताहिक योजनामा प्रत्येक हप्ता छानिने भाग्यशाली एक जना बिमितले दुईवटा सिनेमाको टिकेट , प्रत्येक १५ दिनमा छानिने एक भाग्यशाली विजेताले इएर बड जित्ने अवसर प्राप्त गर्नेछन भने सूर्यज्योति मोबाइल एप रजिस्ट्रेशन गरी आफ्नो बीमाशुल्क तिर्ने हरेकले रु ५० बराबरको मोबाइल टपअप प्राप्त गर्ने छन् । यसै योजनाको बम्पर उपहार अन्तर्गत अन्त्यमा एक जना भाग्यशाली विजेताले स्मार्ट मोबाइल फोन जित्ने सुनौलो अवसर प्राप्त गर्ने छन् ।
यस्ता किसिमका योजनाद्वारा मोबाइल एप प्रयोगकर्ताहरूमा वृद्धि हुनुका साथै डिजिटल प्रविधिको प्रयोग गरी बिमित तथा अभिकर्ताहरूले सूर्यज्योति लाइफका विभिन्न सेवाहरू सहज र सरल तरिकाले घरमै बसेर उपयोग गर्न सक्ने र कम्पनीका हरेक सूचना र योजनाको तुरुन्तै जानकारी प्राप्त गर्ने सक्ने हुनाले प्रविधिको प्रवर्द्धनमा आफूले विशेष जोड दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ,प्रकाश बिक्रम खत्रीले बताए ।
कम्पनीले नियमनकारी निकायद्वारा तोकिएको निर्धारित समयावधि भित्रै आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत भई शेयर धनीहरूका लागि २० प्रतिशत नगद लाभांस घोषणा गरिसकेको छ । साथै यही २०८१ मंसिर २१ गते शेयर दाखिल खारेजी बन्द मिति रहेको छ भने २०८१ पौष ६ गते कम्पनीको वार्षिक साधारण सभा हुने मिति आव्हान गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया