बीमा

यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त

इकागज |
मंसिर २६, २०८१ बुधबार १७:११ बजे

यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त भएका छन् । बुधबार 

आज बसेको संचालक समितिको ४५ औं बैठकले आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा गौतमलाई नियुक्त गरेको छ ।


तीन दशक भन्दा बढि विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका उनले त्रिभुवन विश्व विद्यालयबाट एमबीएसम्मको अध्ययन गरेका छन् ।


Author

थप समाचार
x