नेपाल लाइफ क्यापिटलको साधारण सभा : सञ्चालक समितिको अध्यक्षमा लामिछाने
नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभाले आ.व. २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित र आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेशकुमार अग्रवाल, अमितकुमार कयाल र प्रेमप्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।
साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको सञ्चालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया