'जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय'

काठमाडाैँ- दिनेश अधिकारीको शब्द, नातिकाजीको संगीत र तारादेवीले गाए जस्तै ‘सोचे जस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ देखे जस्तो हुन्न जीवन’ । साँच्चै नै जीवन हामीले सोचे जस्तो कहिले हुँदैन । त्यसैले जोखिमरहित जीवन जिउनको लागि बीमा गर्नुको विकल्प छैन । मानव जीवनबाहेक अन्य कुनै पनि कुराको बीमालाई सामान्य बीमा भनिन्छ । सामान्य बीमा र निर्जीवन बीमा पर्यायवाची शब्द हुन् ।
नेपालमा अहिले बीमाबारे सतप्रतिशत थाहा नभएपनि अधिकांशलाई थाहा छ भन्दा फरक नपर्ला । जीवन बीमा गर्नेको संख्या जति बढी छ निर्जीवन बीमा प्रति पनि चासो बढ्दै गएको छ । नेपाल बीमा प्राधिकारणको तथ्यांक हेर्ने हो भने विश्वको निर्जीवन बीमा बजार सन् २०२१ को तुलनामा सन् २०२२ मा झिनो वृद्धि भएको देखिन्छ । सन् २०२१ मा निर्जीवन बीमामा अमेरिकी डलर ३८ खर्ब २४ अर्ब ४३ करोड बराबर बीमा शुल्क संकलन हुँदा सन् २०२२ मा अमेरिकी डलर ३९ खर्ब ६९ अर्ब २० करोड अमेरिकी डलर संकलन भएको देखिन्छ ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कुल बीमित जनसंख्याको उल्लेखनीय अंश अझै निर्जीवन बीमाको पहुँचभन्दा बाहिर छ । निर्जीवन बीमालाई सुदूढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको हिमालयन एभरेष्ट इन्स्योरेन्स एचइआइ पुरानो र विश्वसनीय निर्जीवन बीमा कम्पनीहरु मध्ये एक हो । एचइआइले व्यक्तिगत तथा व्यवसायिक आवश्यकताहरु पूरा गर्ने उद्धेश्यले विविध निर्जीवन बीमा सेवाहरु प्रदान गर्दै आएको छ । यस कम्पनीको सवारीसाधन, सम्पत्ती, स्वास्थ्य, कृषि, यात्रा तथा व्यापार बीमा जस्ता सेवाहरु उपलब्ध गराएर आम उपभोक्तालाई सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्याउँदै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया