नेपाल लाइफ इन्स्योरेन्सका निर्वाचित ३ संचालकद्वारा पदबहाली

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा निर्वाचित ३ जना संचालकले पदबहाली गरेका छन् । निर्वाचित बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जनले पदबहाली गरेका छन् ।
लिमिटेडको २५औं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते शनिबार होटल भिष्वा बीरगंजमा सम्पन्न भएको सभाबाट ३ जना निर्वाचित भएका हुन् ।
निर्वाचनपछि शनिबार बसेको कम्पनी संचालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया