जीवनशैली

भोलिदेखि 'मिस टिन' को अडिसन सुरू हुँदै

इकागज |
भदौ २८, २०८१ शुक्रबार १९:४९ बजे

काठमाडौँ-  काठमाडौँ जेसिजले आयोजना गर्ने ‘मिस टिन’को अडिसन भोलिबाट सुरु हुने भएको छ ।

यस वर्षको मिस टिनको अडिसन ( शनिबार )भोलिबाट मिस टिन प्रतियोगिताको अडिसन सिङ्क लाउन्ज हात्तिसारमा हुने काठमाडौँ जेसिजका भाइस प्रेसिडेन्ट जेसी नारायण आचार्यले जानकारी दिए ।


मिस टिनमा सहभागी हुनका प्रतियोगीको उमेर १६ देखि १९ वर्षसम्म हुनुपर्ने आचार्यले जानकारी दिए । उनका अनुसार देशैभरीका योग्यतम किशोरीहरूले अडिसनमा सहभागी हुन पाउने छन् । विभिन्न कलेजका विद्यार्थीहरू सहभागी हुने छन् ।

अहिले हुन लागेको मिस टिन १९ औँ संस्करण रहेको आचार्यले जानकारी दिए । ' विभिन्न तालिममा सहभागी हुनका लागि प्रतियोगीले २२ हजार रुपैयाँ शूल्क तिर्नुपर्नेछ,’ उनले भने,’ यसमा विभिन्न व्यक्तित्व विकास, नेतृत्त्व विकास, आफ्नो जीवनका लागि काम लाग्न सक्ने कुराहरूसमेत सिक्न पाउने छन् । विभिन्न कम्पनीका ब्राण्ड एम्बेसडर हुनेछन् ।​ अडिसनमा सहभागी हुन अनलाइन एप खल्ती एप रजिष्ट्रा गर्नुपर्नेछ ।'

प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए । विजेताले मिस नेपालको प्रतियोगितामा स्वतः सहभागिता जनाउन पाउने उनले जानकारी दिए ।

त्यसैगरी,  काठमाडौँ जेसिजको अध्यक्षमा भने एन्जिला खड्का रहेकी छन् ।

 

 

 


Author

थप समाचार
x