जीवनशैली

दोस्रो विश्वदर्शन योग प्रतियोगिता सम्पन्‍न

इकागज |
पुस ३, २०८१ बुधबार १७:९ बजे

‘सन्तुलित जीवन नै योगको मुख्य आधार हो’ भन्ने सन्देशसहित विश्व दर्शन अभियान नेपाल संस्थाले ‘दोस्रो विश्वदर्शन योग प्रतियोगिता– २०८१’ सम्पन्न गरेको छ ।

 


स्वस्थ, शान्त, खुशी एवं आनन्दित जीवनका लागि ऋषिमुनिहरूले प्रतिपादन गरेको योग साधनालाई मानवजातिले अवलम्बन गर्नु अपरिहार्य रहेको सन्देश प्रवाह गर्न चाँगुनारायण–४, शङ्खदहमा रहेको ग्रामीण अपांगता भवनमा सो प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष योगगुरु नारायणप्रसाद भट्टराईले बताए ।

 

'सानै उमेरदेखि योग साधनाप्रति प्रेरित गर्ने उद्देश्यले विभिन्न विद्यालयका विद्यार्थीहरूलाई प्रशिक्षण गरी योगाभ्यासको एक अंग आसनहरूको प्रदर्शन गराई प्रतियोगिता सम्पन्न गरिएको हो,' उनले भने ।

प्रतियोगितामा कक्षा ४ सम्म छुट्टै, कक्षा ५ र ६ र कक्षा ७ र ८ का छात्रछात्राको बेग्लाबेग्लै कठिन योगासन प्रदर्शन गराएर मूल्यांकन गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयका योग अध्यापक गुरुहरू डा. कृष्णशरण (टीपी धमला) र डा. आनन्द गैरेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।​

प्रतियोगिता उद्‌घाटनमा कतारका लागि पूर्वराजदूत डा. माया शर्मा, चाँगुनारायण नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रोजबहादुर तामाङ, वेदाचार्य द्रोण सुवेदीलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

काठमाडौं महानगरपालिका अन्तर्गतका कैलाशबोधी स्कूल बौद्ध र विपुल पाठशाला नयाँवस्ती, कागेश्वरीमनोहरा नगरपालिका अन्तर्गतका अक्षरा स्कूल, अर्किड स्कूल, अक्षरिका स्कूल, हाइली क्रियटिभ स्कूल, विद्याआर्जन स्कूल, प्रारम्भ एकेडेमी, किड्सी लिबर्टी स्कूल, शिक्षालय नेपाल, श्रीयन्त्र स्कूल र गोकर्णेश्वर नयाँबस्तीको टाइमलाइन स्कूलका विद्यार्थीहरूले सो प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगितामा कक्षा ४ सम्मका छात्रा समूहको प्रदर्शनमा हाइली क्रियटिभ स्कूलकी शिरिषा मगर प्रथम, शिक्षालय नेपालकी आर्यना आचार्य द्वितीय, विद्या आर्जन स्कूलकी कृष्टिना गोले तृतीय र किड्स लिबर्टी स्कूलकी आयुश्री खनालले सान्त्वना स्थान हासिल गरेका थिए ।

त्यसैगरी छात्रतर्फ प्रारम्भ एकेडेमीका गणेश तामाङ्ग प्रथम, हाइली क्रियटिभ स्कूलका गिदन राई द्वितीय, अक्षरिका स्कूलका आरभजंग थापा तृतीय र हाइली क्रियटिभ स्कूलका सुशन थापाले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

त्यस्तै कक्षा ५ र ६ का छात्रा समूहको प्रदर्शनमा शिक्षालय नेपालकी सदीक्षा डोटेल प्रथम, हाइली क्रियटिभ स्कूलकी वर्षा आचार्य द्वितीय, श्रीयन्त्र स्कूलकी परिधि भट्टराई तृतीय र हाइली क्रियटिभ स्कूलकी निख्क्षिका पौडेलले सान्त्वना स्थान तथा छात्र समूहको प्रदर्शनमा श्रीयन्त्र स्कूलका रञ्जित थापा मगर प्रथम, टाइमलाइन स्कूलका अविराज तामाङ्ग द्वितीय, प्रारम्भ एकेडेमीका रिजन खड्का तृतीय र अक्षरिका स्कूलका आशिष थापाले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

त्यसैगरी कक्षा ७ र ८ का छात्रा समूहमा अक्षरिका स्कूलकी प्रजुना कार्की प्रथम, कैलाशबोधी स्कूलकी डिकी साङ्मो लामा द्वितीय, हाइली क्रियटिभ स्कूलकी विनिता बोहोरा तृतीय र श्रीयन्त्र स्कूलकी अस्मिता ढुङ्गानाले सान्त्वना साथै छात्र समूहमा अक्षरिका स्कूलका अनुज कार्की प्रथम, प्रारम्भ एकेडेमीका आसमान मगर द्वितीय, अर्किड स्कूलका शिशिर जिरेल तृतीय र विपुल पाठशालाका सुशांक घिमिरेले सान्त्वना स्थान सुरक्षित गरेका थिए ।

प्रत्येक समूहका प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्नेहरूले प्रोत्साहन स्वरूप क्रमशः रू. पन्ध्र सय पाँच, एक हजार पाँच र पाँच सय पाँच/–, को साथमा प्रमाणपत्र, ट्रफी, मेडल, टिसर्ट प्राप्त गरे । यसैगरी सान्त्वना हासिल गर्नेहरूलाई ट्रफी, टिसर्ट र प्रमाणपत्र र प्रत्येक सहभागीलाई प्रमाणपत्र एवं टिसर्ट प्रदान गरिएको छ ।

सो प्रतियोगितामा संस्थाका तर्फबाट ज्येष्ठ योग साधक सम्मानपत्र ७० वर्षीय भगवती खनाल र सहायक योग प्रशिक्षक सम्मानपत्र बैकुण्ठ ढुङ्गाना, सर्वोत्कृष्ट सहभागी लक्ष्मी देवकोटा खनाल, उत्कृष्ट सहभागी, विजया सापकोटा र उत्साहपूर्ण सहभागी प्रमाणपत्र सम्झना भडेललाई प्रदान गरियो भने यसैगरी गत गुरुपूर्णिमाबाट दैनिक योगाभ्यासमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

चाँगुनारायण नगरपालिका, भक्तपुरको प्रमुख सहयोग र कागेश्वरीमनोहरा नगरपालिका, काठमाडौंको विशेष सहयोगमा सम्पन्न सो प्रतियोगितामा संस्थाका सल्लाहकार तीर्थप्रसाद भट्टराई, ज्येष्ठ सदस्य इन्द्र कर्माचार्य, कोषाध्यक्ष चन्द्रमणि ढुङ्गाना, स्थानीय समाजसेवी प्रधुम्न पोखरेल, ज्येष्ठ नागरिक कृष्णप्रसाद खनाल  लगायतको उपस्थिति रहेको थियो ।

स्थानीय युवा समाजसेवी दिनेश खनाल र विन्दु अधिकारीले कुशल सञ्चालकको भूमिका निर्वाह गरेका थिए


Author

थप समाचार
x