आजको दिन कस्तो छ हेर्नुहोस (राशिफल)
काठमाडौं- आज २०८१ माघ २० गते आइतवार, तद्अनुसार २ फेब्रअरी २०२५ । आज माघ शुक्ल चतुर्थी, शिव विष्टिरभद्रा उत्तरभाद्र, विश्व सिमसार दिवस, सूर्योदय बिहानः ०६ः५० बजे, सूर्यास्त साँझः १७ः४५ बजे ।
मेष
अ, आ, चू, चे, चो, ला, ली, लू, ले, लो
वैवाहिक प्रस्ताव आउन सक्छ । व्यापार व्यवसाय लाभदायक रहने छ । जागिरमा प्रभाव बढ्ने छ । कुनै
प्रभावशाली वरिष्ठ व्यक्तिको सहयोग अथवा मार्गदर्शन प्राप्त हुनेछ । विरोधी सक्रिय हुनेछन्, सावधान रहनु होला ।
वृष
ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो
प्रतिद्वन्दितामा वृद्धि हुनेछ । भूमि अथवा भवन सम्बन्धि योजना बन्ने छ । स्थायी सम्पत्तिमा वृद्धिको योग छ । आम्दानीमा वृद्धि हुनेछ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । भाग्यको साथ पाइने छ । लगानी लाभदायक रहने छ ।
मिथुन
का, की, कू, घ, ङ, छ, के, को, ह
पार्टी अथवा पिकनिकको कार्यक्रम बन्न सक्छ । यात्रा मनोरञ्जक रहने छ । बौद्धिक कार्य सफल रहने छ । कारोबारमा वृद्धि हुनेछ । मनपर्ने भोजनको आनन्द प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।
कर्कट
ही, हू, हे, हो, डा, डी, डू, डे, डो
धन हानिको आशंका रहने छ । परिवारको कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहने छ । कुनै व्यक्तिको व्यवहारबाट मनमा ठेस पुग्न सक्छ । जोखिम अथवा जमानतपूर्ण कार्य नगर्नु होला ।
सिंह
मा, मी, मू, मे, मो, टा, टी, टू, टे
प्रयास सफल रहने छ । सामाजिक कार्यमा गर्ने रुचि रहने छ । पराक्रम अथवा प्रतिष्ठामा वृद्धि हुनेछ । कुनै प्रभावशाली व्यक्तिसंग परिचय हुनसक्छ । व्यापार व्यवसाय लाभदायक रहने छ ।
कन्या
ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो
नराम्रो मानिसहरुको पहिचान गर्नु आवश्यक छ, उनीहरुबाट टाढै रहनु होला । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । पारिवारिक मित्र अथवा आफन्त पाहुनाको रुपमा घरमा आउन सक्ने छन् । बोलीमा नियन्त्रण राख्नु होला । आत्मविश्वासमा वृद्धि हुनेछ ।
तुला
रा, री, रू, रे, रो, ता, ती, तू, ते
रोजगार प्राप्तिको प्रयास सफल रहने छ । व्यावसायिक यात्रा लम्बिन सक्छ । अप्रत्याशित लाभको योग छ । जुवा, तास अथवा चिठ्ठाबाट टाढै रहनु होला । कुनै ठूलो समस्याबाट छुटकारा पाइने छ । कुनै प्रभावशाली व्यक्तिको मार्गदर्शन पाउन सकिने छ । प्रसन्नता रहने छ ।
वृश्चिक
तो, ना, नी, नू, ने, नो, या, यी, यू
कुसंगतिबाट बच्नु होला । बहुमूल्य सामानहरु सम्हालेर राख्नु होला । बोलीमा नियन्त्रण राख्नु होला । खर्च बढ्ने छ । साथीहरुसंग समय राम्ररी व्यतीत हुनेछ ।
धनु
ये, यो, भा, भी, भू, धा, फा, ढा, भे
बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । बिना कारण चिडचिडापन हुनसक्छ । धनार्जन हुनेछ । यात्रा मनोरञ्जक रहने छ । साथीहरुको सहयोग समयमा प्राप्त हुनेछ । प्रसन्नता रहने छ । लाभको अवसर हात पर्नेछ ।
मकर
भो, जा, जी, खी, खू, खे, खो, गा, गी
आँखालाई चोट अथवा रोगबाट बचाउनु होला । बोलीमा हल्का शब्दहरुको प्रयोगबाट बच्नु होला । कुनै व्यक्तिको व्यवहारबाट आफू अपमानित भएको महसुस हुनेछ । नयाँ योजना बन्ने छ । कार्यस्थलमा परिवर्तनका बारेमा विचार आउन सक्छ ।
कुम्भ
गू, गे, गो, सा, सी, सू, से, सो, दा
चिन्ता तथा तनाव रहने छ । ऐश्वर्यका साधनमा खर्च हुनेछ । धन प्राप्ति सुगम तरिकाले हुनेछ । यात्रा मनोरञ्जक रहने छ । व्यापार लाभदायक रहने छ । तीर्थ यात्राको योजना बन्ने छ । सत्संगको लाभ पाइने छ ।
मीन
दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु होला । जोखिमपूर्ण कार्य नगर्नु होला । विवादलाई नबढाउनु होला । नकारात्मकता हावी रहने छ । व्यवसाय औसत रहने छ । अरुमाथि अधिक भरोसा नगर्नु होला ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया