साहित्य

वरिष्ठ पत्रकार बबिता बस्नेतको पुस्तक ‘समय साक्षी’ सार्वजनिक

इकागज |
भदौ १५, २०७९ बुधबार १८:४५ बजे

काठमाडौं – वरिष्ठ पत्रकार एवम् लेखक बबिता बस्नेतको पुस्तक ‘समयसाक्षी’ विमोचन भएको छ । नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर हिमालयन शमसेर राणा, साहित्यकार भुवन ढुङ्गाना, लेखक बस्नेतकी आमा र बुवाले पुस्तक सार्वजनिक गरेका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा गरिएको एक कार्यक्रमबीच संस्मरणहरुको संगालो समय साक्षी विमोचन गरिएको हो।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रथम गभर्नर राणाले यात्रा गर्दाको दैनिकीको स्वरुपमा पुस्तक आएको बताए । तीनचार पृष्ठका छोटा अध्याय रहेकाले पुस्तक पढ्न रुचिकर रहेको उनले सुनाए । राणाले भने, ‘उहाँ जस्तै स्मार्ट रहेछ पुस्तक पनि छिटो छिटो दौडेको छ ।’ पढ्दा पनि रमाईलो हुने । ‘एज स्मुद एज स्लिक’ भन्न चाहन्छु, गुगलमा ट्रान्स्लेट गर्दा रेशम जस्तो चिप्लो भनेको थियो त्यो भन्दा ‘एज स्मुद एज स्लिक’ नै भन्छु ।

पुस्तकका विषयमा समीक्षात्मक मन्तव्य व्यक्त गर्दै  कथाकार ढुङ्गानाले पुस्तकमा दुई सय १२ वटा आलेख समेटिएको बताइन् । विदेश गएका बेलाको यात्रा संस्मरणका विषय बढी रुचि लाग्ने खालका भएको उनले सुनाइन् ।    
    
“चीन भ्रमणका बेला ग्रेटवालजस्ता ऐतिहासिक स्थलको विषयमा लेखिनुपर्ने थियो, यस्ता विषय छुटेको छ, कतिपय शीर्षक अङ्ग्रेजीमा राखिएको छ, यसो नगरी नेपालीमै मात्र राखे राम्रो हुन्थ्यो, पुस्तक यात्रा संस्मरणभन्दा पनि दैनिकीजस्तो बन्न पुगेको छ”, कथाकार ढुङ्गानाले भनिन् । ‘पुस्तक अझै देश दुनियाँ विस्तृतमा हुनुपर्छ’ कथाकार ढुङ्गानाले भनिन् ।

लेखक बस्नेतले यात्रा धेरैले गर्ने गरे पनि अभिलेख नराख्ने गरेको सुनाउँदै आफूले यात्राका बेला भेटिएका विषयवस्तुलाई समेटेर पुस्तक लेखेको जानकारी गराइन् । यसमा आफ्ना कथा र यात्राका कहानी समेटिएको उनले जानकारी गराइन् ।

पुस्तक बुक हिलले प्रकाशन गरेको हो । कार्यक्रममा बुक हिलका संस्थापकद्वय पवन आचार्य र भूपेन्द्र खड्काले यात्रा संस्मरणमा उल्लेखनीय पुस्तक पाठकसामु ल्याउन सफल भएको बताएका थिए ।    

कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, अभिनेत्री करिश्मा मानन्धर, पत्रकार टिकाराम यात्री, रविन्द्र मिश्रलगायतको सहभागिता थियो । यसअघि बस्नेतको सम्बन्धहिन सम्बन्ध नामक कथा संग्रह प्रकाशित भएको थियो ।


Author

थप समाचार
x