नेपाल–भारतका विभिन्न साहित्यकारको प्रस्तुतिसँगै सकियो ‘कलिङ साहित्य महोत्सव’
काठमाडौं - शनिबार बिहानबाट ललितपुरको हिमालय होटलको दुई फरक हलमा सुरु भएको ‘कलिङ साहित्य महोत्सव काठमाडौं’मा आइतबार साँझ सम्पन्न भएको छ । आइतबार विभिन्न २० वटा शीर्षक र सेसनमा बहस हुँदै महोत्सब सम्पन्न भएको हो । आइतबार यो महोत्सव काव्यमय भयो । २० मध्य आधा दर्जन सेसनमा विभिन्न श्रष्टाहरूले आफ्ना कविता, गजल प्रस्तुत गरेर कार्यक्रमलाई काव्यमय तुल्याए ।
आइतबार बिहानका दुवै सेसन कवितामय भएका थिए । । त्यसपछि साँझका दुई सो पनि काव्यमय भए । एउटा सेसनमा कवि वसन्त चौधरीले आफ्ना कविताबाट दर्शकको मन जिते भने अर्को सेसनमा विभिन्न गजलकारहरूले महफिल जमाए । विहानी पखको अर्को सेसन पनि कवितामा केन्द्रित थियो । दिउँसोको एउटा सेसनमा त अँग्रेजी कवितासमेत यो महोत्सवमा सुन्न पाइयो ।
यस अघि एक दशकदेखि भारतमा आयोजना हुँदै आएको यो महोत्सको ११ औं संस्करण अन्तर्राष्ट्रिय महोत्सवको रुपमा यसपटक नेपालमा भएको हो । महोत्सव निकै राम्रो भएको वक्ताहरूले कार्यक्रममा बताए । जसमा भारतबाट ६० भन्दा बढी साहित्यकार बाँकी नेपालका गरेर ३०० भन्दा बढी साहित्यकार सहभागी थिए । अर्को वर्ष पनि आफूहरूले यो महोत्सबलाई काठमाडौंमा गर्न सक्ने महोत्सवका संस्थापक अध्यक्ष रश्मीरञ्जन परिताले बताए ।
यसरी विभिन्न शीर्षका २० वटा बहस सेसनसँगै आइतबार बेलुकाबाट कलिङ साहित्य महोत्सव काठमाडौं सकिएको हो । यो महोत्सबमा शुक्रबार विभिन्न १८ वटा शीर्षकमा १९ सेसन बहस भएको थियो । आइतबार २० गरी ३८ सेसनमा साहित्यिक बहस यसपटक भयो । आइतबार बिहानको सेसनमा भारतका अग्रज अशोक वाजपेयी सहित भारतीय कवि अरुण कमल, गगन गिल, भ्योमेश शुक्ला नेपाली कविहरू दिनेश अधिकारी, अशेष मल्ल, बसन्त चौधरीलगायतले आफ्नो चर्चित कविता सुनाए । बिनित कुमार यो सेसनको सूत्रधार थिए । अर्को हलमा सोही समय अर्को काव्य कार्यक्रम भएको थियो । जसमा श्रवण मुकारुङ, सीमा आभास, सन्ध्या पहाडी, गीता कार्की, मोमिला बस्नेत, टंक उप्रेती, प्रोलास सिन्धुलिया, मधु पाठक लगायतले कविता सुनाए ।
निवन्धकार कुमारी लामाले चुनौती धेरै भए पनि लेख्न नछाड्न महिला लेखकहरूलाई अनुरोध गरिन् । लेखनमा महिलाहरूको चुनौती र भविष्यबारे बहसमा उनले यसो भनेकी हुन् । सगुना शाहले सञ्चालन गरेको यो कार्यक्रममा सावित्री कक्षपतिले विगतमा भन्दा अहिले महिलाहरूलाई लेखनमा लाग्न निकै सहज भएको बताइन् ।
नेपालका लागि भारतका पूर्व राजदुत रन्जित रेले नेपाल भारतको सम्बन्ध र संस्कृतिबारे प्रकाश पारे । नेपाल भारतको कुटनीतिक तथा अन्य सम्बन्धबारेका सेसनमा उनले नेपालले भारत र बंगलादेशमा उर्जा निर्यात गरेर ठूलो आम्दानी गर्ने पनि उनले बताए ।
सोही क्रममा अर्को हलमा भएको भारत नेपाल कला सम्बन्धीको बहसमा नेपालकी पूर्व कुलपति रागिनी उपाध्याय र भारतीय चित्रकार मनिष पुस्कलेले नेपाल भारतको कला सम्बन्धको बारेमा चर्चा गरे । यस्तै पब्लिकेसनको डिजिटल इरा बारेको सेसनमा पनि डिजिटलले पब्लिकेसनमा ल्याएको क्रान्ति र यसको सहजताबारे चर्चा गरियो । अशोक महेश्वरी, सत्यानन्द निरुपम, सृजन मास्केलगायतले यो सेसनमा डिजिटलले पब्लिकेसनमा ल्याएको परिवर्तन र फाइदासँगै यसका असरबारे चर्चा गरे ।
सञ्चारकर्मी युवराज घिमिरे र ओम थान्भीले भारत नेपालको सम्बन्धमा मिडियाको भूमिका बारेको सेसनमा आफ्ना भनाइ राखे । मिडियामा रहेर दुई देशको सम्बन्धको बारे आफूहरूले गरेका कामको अनुभव सुनाउँदै दुई देशको सम्बन्धलाई सुमधुर बनाउन मिडियाको पनि ठूलो हात हुने उनीहरूले जिकिर गरे ।
चलचित्र निर्देशक दीपेन्द्र के खनाल, सुजित बिडारी, सुवर्ण थापा, सम्पदा मल्ललगायतले समाज, साहित्य र सिनेमा शीर्षकको बहस सेसनमा सिनेमा र समाजको सम्बन्धबारे चर्चा गरे ।
गँगन गिल, प्रा.डा. वीना पौडेल, आनन्द निलकन्ठ, कविता सिंहले महिला सशक्तिकरण बारेको सेसनमा नेपाल र भारतका महिलाहरूको अबस्थाबारे चर्चा गरे । विभिन्न कारणले दुई देशका महिलाहरूको अवस्था मिल्ने गरेको उनीहरूको कथन थियो । महोत्सवकी निर्देशक रञ्जना निरौलाले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
नविता श्रीकान्त, ओम थान्भी, तुलसी दिवस, प्रेम प्रधानलगायतले यस्तै भारत र नेपालको अध्यात्म, संस्कृति र साहित्यसम्बन्ध बारेको बहस सेसनमा दुई देशको संस्कृति सम्बन्धले साहित्य सृजनामा पु¥याएको मद्धतबारे चर्चा गरे ।
महोत्सवमा आइतबारसाँझ कवि वसन्त चौधरीले आफ्नो महफिल जमाए । उनको कविता वाचन कार्यक्रम पनि निकै रोचक भयो । साँझको कलिङ काठमाडौं महफिल सेसन पनि काव्यमय भयो । यसमा पनि विभिन्न गजलमाथि बहससँग गजल प्रस्तुत गरियो । आइतबार दिउँसोको एउटा सेसन अँग्रेजी कवितामय भयो । जसमा दर्जन कविहरूले आफ्ना अँग्रेजी कविता सुनाए ।
यसरी दुई दिनको यो अन्तर्राष्ट्रिय महोत्सव विभिन्न कार्यक्रम सहित आइतबार बेलुकाबाट सम्पन्न भएको छ । समापन समारोहमा आगामी २०२३ को सेप्टेम्बर १ देखि ३ सम्म कलिङ साहित्यिक महोत्सवको दोस्रो संस्करणसमेत घोषणा गरियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया