साहित्य

पुस्तकमा गणेशमान सिंहको सङ्घर्ष

इकागज |
कात्तिक २५, २०७९ शुक्रबार १२:४७ बजे

काठमाडौँ- डा. मिता सिंहद्वारा लिखित The Struggle of Ganeshman Singh को नेपाली अनुवाद गणेशमान सिंहको सङ्घर्ष गणेशमान सिंहको १०८ ‍औं जन्मजयन्तिका अवसरमा सार्वजनिक भएको छ । परराष्ट्रविद् डा. जयराज आचार्य, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ र समाजसेवी तथा लेखक दुर्गा घिमिरेले बिहीबार एक समारोहबीच सार्वजनिक गरेका हुन् ।

छोरीले लेखेको पुस्तकका कारण पुस्तकले गम्भीर तर मार्मिक पाटो उजागर गरेको बताउँदै दुर्गा घिमिरेले लोकतन्त्रका लागि योगदान दिएका नेताहरुको बारेमा युवापुस्तालाई जानकारी दिन यो पुस्तक पाठ्यक्रममा समावेश गरिनुपर्ने धारणा राखेकी थिइन् ।


त्यस्तै पुस्तकमाथि बोल्दै पराराष्ट्रविद श्रेष्ठले पुस्तकले गणेशमान सिंहको सजिव चित्रण गरेको उल्लेख गर्दै पुस्तकमा प्रयोग भएका तस्बिरले पुस्तकलाई अर्कै उचाइमा पुर्याएको बताए ।  पुस्तकले गिरिजाप्रसाद कोइरालाको नीतिको आलोचना गरे पनि लेखकले कोइरालासँगको सन्दर्भ नछुटाइ तटस्थ भएर लेखेको पनि उनको धारणा थियो ।  

अर्का वक्ता डा. जयराज आचार्यले छोरीले लेखेको पुस्तक भए पनि लेखक वष्तुनिष्ठ भएको टिप्पणी गरे ।  उनले भने, 'सायद मिता सिंह मेडिकल डाक्टर भएकाले होला उहाँले भावनाभन्दा पनि भएका घटनालाई निस्पक्ष भावले हेरेर लेख्नुभएको छ ।'पुस्तक कार्तिक २४ गतेबाट बजारमा उपलब्ध हुनेछ । The Struggle of Ganeshman Singh को नेपाली अनुवाद लेखक आन्विका गिरीले गरेकी हुन् ।  

 


Author

थप समाचार
x