साहित्य

मल्लको ‘भाषाको बकपत्र’ र ‘कर्ली केश’ लोकापर्ण

इकागज |
कात्तिक २७, २०७९ आइतबार ११:१३ बजे

सुर्खेत - मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार तथा साहित्यकार डा. महेन्द्रकुमार मल्लको कविता सङ्ग्रह ‘भाषाको बकपत्र’ तथा सांगीतिक कोशेली ‘कर्ली केश’ एक साथ लोकार्पण भएको छ । वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच उक्त दुई साहित्यिक कृतिहरू लोकापर्ण गरिएको हो ।

मध्यपश्चिमाञ्चल गजल मञ्चको आयोजनामा कविता सङ्ग्रह एवम् सांगीतिक कोशेली ‘कर्ली केश’ गीतको लोकार्पण गरिएका हो । ‘भाषाको बकपत्र’ कविता सङ्ग्रहमा ३४ वटा कविताहरू सङग्रहित छन् भने ‘कर्ली केश’ गीतमा डा. महेन्द्रकुमार मल्लको शब्द रचनामा गायिका रचना रिमालको स्वर रहेको छ ।


शिव संगीतले संगीत भरेको उक्त गीतको म्यूजिक भिडियोमा वरिष्ठ नृत्यनिर्देशक कूलमान नेपालीको निर्देशन रहेको छ । फरक खालको प्रस्तुतिबाट निर्माण गरिएको गीतमा मिस पवि र अनुराग मल्लको अभिनय रहेको छ भने सुदीप सागरको एरेन्जर रहेको ‘कर्ली केश’ लाई प्रिज्म रेकर्डिङ्ग स्टुडियो, बबरमहल, काठमाडौंमा रेकर्ड गरिएको जनाइएको छ । म्यूजिक भिडियोको छायाँङ्कन अर्जुन सापकोटाले गरेका छन् । 
 


Author

थप समाचार
x