साहित्य

चार जनालाई नइ पुरस्कार दिने घोषणा

इकागज |
बैशाख १२, २०७८ आइतबार १४:५० बजे

काठमडौँ : नइ प्रकाशनले चार जनालाई २०७७ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँका अध्यक्षतामा आइतबार बसेको बैठकले नेपाली भाषासाहित्यको नियात्रापरक निबन्धका क्षेत्रमा विशिष्ट सिर्जनात्मक योगदान गरेवापत घनश्याम राजकर्णिकारलाई रु ६० हजार सहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

त्यसै गरी राजधानीबाहिर बसेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि निरन्तर समर्पित झापाका भवानी क्षत्रीलाई रु  ५० हजारसहित ‘नइ बुलु शर्मा पुरस्कार’ तथा हिन्दूधर्म, संस्कृति र समाजसेवामा समर्पित भागवत मञ्जरी श्री राधिका दासीलाई रु ५० हजारसहित ‘नइ देरुनीख गौरव पुरस्कार’ समर्पण गरिने  प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए । 


यस्तै नेपाली भाषासाहित्यका फाँटमा समर्पित हुँदै कविता लेखन तथा वाचनमा समेत उदाहरण प्रस्तुत गर्नाका अतिरिक्त आफ्नो शैक्षिकस्तरलाई पनि गुणस्तरीय बनाउने युवराज अधिकारी ’स्मरण’लाई रु २५ हजारसहित ‘नइ देरुनीख पौैरख पुरस्कार’ समर्पण गरिने बताइएको छ  । रासस 


Author

थप समाचार
x