कविता
व्यस्त छु
समयको कुरो हो
कसलाई शत्रु भनूँ
कसलाई मित्र भनूँ
दुवै एकै रहेछन्
कैले यता
कैले उता
बन्दुक चलाउन परे पनि
माला लगाउने भए पनि
तिमी न मेरो शत्रु
न मेरो मित्र
न तिमीसँग राग
न तिमीसँग वैराग
बसे पनि स्वागत
गए पनि स्वागत
यो अनन्त ब्रह्माण्डमा
अनगिन्ती थोपाहरूमा
म सानो थोपा
आफ्नो काममा व्यस्त छु
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया