मधुसुदनले ल्याए कविता ‘मायाको आयतन’
काठमाडौँ- कवि मधुसुदन घिमिरेको कविता सङ्ग्रह ‘मायाको आयतन’ सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच उक्त कविता सङ्ग्रह सार्वजनिक भएको हो ।
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मधुसुदन घिमिरे दृष्टिविहिन भएपनि मनको आँखाले सामान्य मानिसको भन्दा धेरै महसुस गर्ने गरेको कार्यक्रममा बताए ।
उनले भने, ‘मधुसुदन घिमिरे दृष्टिविहिन भएर पनि सामान्य मानिसको भन्दा धेरै महशुस गर्ने क्षमत लेखकमा रहेको छ । उहाँले लेखेको हरेक कवितामा मर्म लुकेको छ । यस्ता कविताहरु धेरै धेरै र नेपाली साहित्यका सबै विधामा योगदान गर्न पनि शुभकामना गर्न चाहन्छु ।’
१२५ थान छोटा कविताहरु सङ्ग्रहित कवितासङ्ग्रहलाई साहित्यपोस्टले प्रकाशन गरेको हो । सङ्ग्रहमा प्रेम सम्बन्ध, सामाजिक समस्या, देश तथा युवाहरूको वर्तमान अवस्था सहित कविताहरू छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया