साहित्य

स्विकृति बरालको गजलसंग्रह ‘यात्रा’ सार्वजनिक

इकागज |
असार २३, २०८१ आइतबार १३:० बजे

काठमाडौँ- अधिवक्ता तथा स्तम्भकारका रूपमा परिचित स्विकृति बराल अब गजलकारका रूपमा फरक परिचयका साथ पाठकमाझ आएकी छिन् । उनले लामो समयदेखि लेखेका छिटफूट रूपमा लेखेका गजललाई एकीकृत गरी गजलसंग्रह ‘यात्रा’ बजारमा ल्याएकी हुन् ।

शमी साहित्य प्रतिष्ठानले प्रकाशनमा ल्याएको उक्त कृतिमा बरालले विभिन्न विषयवस्तुहरू समेटेकी छिन् ।


८० वटा गजल समावेश भएको कृतिबारे समालोचक डा. नेत्र एटम भन्छन् ,’ स्विकृतिका गजलमा प्रेम र उदासी छ अनि अभिलाषा र प्रश्न छ। समर्पण र विद्रोह पनि उनका गजलले एकसाथ आत्मसाथ गरेका छन् । जुनै रुपमा रहे पनि यी गजलमा भावको प्रबल गहिराइ तथा जादुमय कलाको प्रभाव छ ।‘

गजलमा बरालले बाह्य रुपमा रहने काफियाको अनुप्रासका साथ अन्तरमा समेत मीठो संगीत भरेर उनले गजलमा प्रस्तुतीको नवीन उन्मेष र गरिमा दिएको एटमको भनाइ छ ।

बराल गजलको संरचनामा वैयक्तिक स्वरलाई पगालेर एउटा नयाँ अभिव्ञ्जना दिन सफल भएको उनले बताए । कैले कस्तो, कैले कस्तो, देखिएको मात्र न हो जून सधैं पूर्ण हुन्छ, छेकिएको मात्र न हो ।

त्यसैगरी लेखक बरालले आफूले गजल नै किन लेखेँ भन्ने कुरा आफैंलाई थाहा नभएको बताइन । उनले गजल भनेर नलेखे पनि जे लेखियो ती गजल भएको उल्लेख गरिन्।

उनले गजल संरचना र भावपूर्ण हुनुपर्ने भन्दै गजल वाचन गर्दा सुन्नेको मुखबाट स्वत स्वःस्फूर्त रुपमा बाहिर आउँछ भने त्यो गजल आफैँमा उत्कृष्ट गजल रहेको बताइन ।

फूल टिप्ने , काँडा बिझे झिक्दै जाने हो जे सिकाउँछ जिन्दगीले सिक्दै जाने हो। बहरमा गजल लेख्नेहरूलाई उच्च सम्मान गर्दै र मुलत आक्षरिक छन्दमा गजल लेख्नेहरूको अनुशरण गर्दै आफूले पहिलो गजल संग्रह प्रकाशित गरेको उनले बताइन । लामो समयदेखी कानुनसम्बन्धी स्तम्भकारका रुपमा संकृय बराल निबन्ध, कविता र गीतहरू लेख्दै र प्रकाशित गर्दै आएकी छिन् ।

 


Author

थप समाचार
x