साहित्य

सत्यको कुनै एउटा पहिचान हुँदैन

बालेन साह |
साउन २, २०८१ बुधबार १०:६ बजे

सत्यको कुनै एउटा पहिचान,
कुनै नाम हुँदैन,
मिथ्याको जस्तो ठूलो अभिमान ,
कुनै शान हुँदैन,
जलझै शीतल, फूलझैं कोमल,
सून न पित्तल, किसानझै फोहर,
आकाशझै विशाल , 
स्पर्शझै सुक्ष्म,
सगरमाथाझै हिमाल,
थोपाझै पूर्ण,
सत्यको कुनै दाम हुँदैन,
कुनै एउटा पहिचान,
कुनै एउटा काम हुँदैन । नाम हुँदैन ।



Author

बालेन साह

शाह काठमाडौँ महानगरपालिकाका मेयर हुन् ।


थप समाचार
x