कविता
बाँच्न पाउनुपर्छ
आज्ञाकारी भन्दैमा मातृवध गर्ने
म परशुराम होइन
म जन्मेको आँगनमा
मैले पनि बाँच्न पाउनुपर्छ
यदि बाँच्न दिइन्न भने
एकचोटि कृष्णसँग
पाञ्चजन्य शंख खोसेर भए पनि
म क्रान्तिको उद्घोष गर्नेछु
मेरै नाम लिएर
मलाई नै कामेको देखाएर
पुसको घाम छेक्दै
टाकुरामा पुगेका
परजीवी मतियारहरू
शिरदेखि पुच्छरसम्म
सलहसरह ढाक्दै छन्
फाँटका फाँट मेरो पौरख
सोत्तर पार्दै छन्
सलहसँग कति सुलह गर्ने ?
अति भो, अति नै भो अब त
यो परजीवी रजाइँ
दासानुदासहरूको कजाइ
नामोनिसान मेटाइदिन्छु म
अबको सुरुवात नयाँ युगको हुनेछ
अबको भाका हाम्रै युगको हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया