साहित्य

साहित्यिक विश्व सम्मेलन काठमाडौंमा सुरु

इकागज |
कात्तिक १०, २०८१ शनिबार १६:१८ बजे

काठमाडौँ - विश्व नेपाली साहित्य महासंघको आयोजनामा साहित्यिक विश्व सम्मेलन शनिबारबाट काठमाडौंमा सुरु भएको छ । 

नेपाली साहित्यको विश्वव्यापीकरण, हाम्रो अभियान भन्ने मूल नाराका साथ साहित्यिक विश्व सम्मेलन सुरु भएको हो । सम्मेलनको शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । 


सो क्रममा प्रधानमन्त्री ओलीले साहित्यले मनोरञ्जनका साथै समाज जगाउने र अग्रगमनको सन्देश दिने भएकाले यसको महत्व धेरै रहेको बताए । 

उनले नेपालको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलनले काम गर्ने जनाउँदै कोभिड–२०१९ का समयमा गरिएको ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’लाई पुनः निरन्तरता दिने तयारी गरिएको जानकारी दिए । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङसहित विभिन्न साहित्यकारहरुलाई सम्मान गरेका थिए । सम्मेलन आइतबार सम्पन्न हुने आयोजकले जनाएको छ । 


Author

थप समाचार
x