सन्दिपले ल्याए कवितासङ्ग्रह ‘अपरावर्ती’
काठमाडौं - वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर लेखक तथा कवि सन्दिप बोहोरा क्षेत्रीले पहिलो कवितासङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक गरेका छन् ।
देव डी प्रोडक्सनले बजारमा ल्याएको कविता सङ्ग्रहमा कुल ८७ कविता सङ्ग्रहित छन् । कवि तथा लेखक क्षेत्रीले समाजमा देखेको र आफ्नो भोगाइलाई अक्षरमार्फत कवितामा उतारेको बताए ।
उनले भने,‘कवितामार्फत आफूसँगै अरूको अस्तित्व स्वीकार्नु पर्छ भन्ने मान्यतालाई व्यक्त गरेको छु । यहाँ आफैँमा हराईरहेकालाई अरूको विषयलाई जानकारी गराउने शब्दलाई कवितामा प्रयोग गरेको छु । यसमा किसान, समाज सबैको पक्षलाई समेटिएको छ ।’
उनले सन् २०१५ देखि नै कविता लेख्ने गरेता पनि पछिल्ला केही वर्षमा देखेको समाज र भोगाइलाई कवितामा उतारेको बताए । उनले ‘अपरावर्ती’ को अर्थ हार नमान्ने व्यक्ति रहेको बताए ।
‘यो एउटा प्रयासरत व्यक्तिको भोगाई हो । जसले हार नमानेर आफ्नो सपना साकार गर्न संघर्ष गरिरहेको छ । यसलाई धेरैले रिलेट गर्नुहुन्छ भन्ने लागेको छ’, कवि क्षेत्रीले भने । ९२ पृष्ठ रहेको ’अपरावर्ती’ को बजार मूल्य ३ सय ९९ राखिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया