टार्जनको सहर यात्रा : बाघखोर प्रज्ञा –६
जंगलमा सुरक्षित स्थानको खोजी गरिरहेका हात्तीहरूको समूह तथा टार्जन केटो र केटीलाई फेरि एउटा आपत आइलाग्यो । एक हूल मानिसहरू हातमा भाला, बन्चरा र पटाका लिएर उनीहरूलाई घेरा हालिरहेका थिए । ती अघिल्लो दिन आक्रमण गर्ने गाउँलेहरू नै थिए ।
खासमा कुरा के भयो भने, टार्जनकी केटी त्यसै गाउँकी थिई । अघिल्लो दिन मानव बस्तीमा दोहोरो आक्रमण हुँदा गाउँलेहरूले केटीलाई चिन्न पुगेका थिए । अनि उनीहरू योजनाबद्ध तवरले जनावर र त्यो टार्जन केटासँग आफ्नी चेली खोस्न आएका थिए ।
पहिले उनीहरूले हात्तीको समूह र त्यो टार्जन केटालाई चेतावनी दिँदै भने, ‘सरक्क हाम्री छोरी फिर्ता देऊ । हामी पनि सरक्क फर्किने छौँ । नत्र आज यहाँ के हुन्छ भनेर अड्कल काट्ने फुर्सद हामीलाई छैन !’
‘नाइँ म जान्न !’ केटीले चिच्याउँदै भनी र टार्जन केटालाई कसेर समाई । केटाले पनि उसलाई आफूसँग टाँस्यो ।
‘किन नजाने ?’ गाउँलेहरू मध्ये एउटा अधबैँसेले सोध्यो ।
‘किनभने, मलाई सौतेनी आमाले कुट्छिन् !’ केटीले सुँक्कसुँक्क गर्दै बताई ।
टार्जन केटाका लागि जनावरहरूले केटी त मिलाएरै छानेका रहेछन् । यिनको प्रेम अमर हुने कुरामा आजकल मलाई बडा आशा जाग्न थालेको छ ।
यस घटनापश्चात हात्तीहरूले फेरि एउटा यात्रा तय गर्न चाहे । अब उनीहरू जंगलको घनापनमा अरू भित्रभित्र घुसे ।
बुढो हात्तीले गाउँलेलाई भन्यो, ‘अब केटीले जान्न भनिसकेपछि सकियो । फिर्ता जानुहोस् तपाईंहरू । नत्र हामीलाई पनि आफ्नो परिवारको हिफाजत गर्न आउँछ !’
ठिक त्यसैबेला, एउटा मान्छेले पटाका पड्काउन सलाई कोर्यो । तर टार्जन केटाको धनुषले करामत देखाइहाल्यो । उसको पञ्चतीरको बेगिलो प्रहारले पाँच जना मान्छेहरूको छाती आरपार गर्यो । त्यसैबेला हात्तीहरूले पनि आआफ्नोतर्फबाट मान्छेहरूलाई आक्रमण गरे । घाइतेहरूलाई बोकेर मान्छेहरू भने भागारेभाग भए ।
यस घटनापश्चात हात्तीहरूले फेरि एउटा यात्रा तय गर्न चाहे । अब उनीहरू जंगलको घनापनमा अरू भित्रभित्र घुसे ।
बुढो हात्तीले भन्यो, ‘मान्छे नानी हो, अब तपाईँहरूलाई यहाँ जंगलमा बस्न गाह्रो हुन्छ । तसर्थ तपाईंहरू सहर जानुहोस् । मान्छेले जस्तै लुगा लगाएर कुनै काम खोजेर जीविका गर्नुहोस् !’
टार्जन केटा र केटीले जंगल नछाड्न खूबै ढिप्पी गरे । तर हात्तीहरू मानेनन् । मान्दै मानेनन् ।
बुढो हात्तीले गहभरि आँसु छचल्क्याउँदै भन्यो, ‘नानीहरूलाई पठाउन हामीलाई पनि मन त कहाँ छ र ? तर पनि तपाईंहरूकै राम्रोका लागि भनेका हौँ । गाउँलेहरू हामीसँग बिच्किएका छन् । कुनै पनि बेला उनीहरूले बदलाको आक्रमण गर्न सक्छन् । हामी त जे परे पनि सहूँला । तर तपाईंहरूलाई केही भएको हामी हेर्न सक्दैनौँ !’
बुढाका भावनात्मक कुराले त्यहाँ उपस्थित सबैका आँखा रसाए । अन्त्यतः रुँदैरुँदै उनीहरूले बिहान सबेरै जंगल छाडे । हात्तीहरूले केटा र केटीलाई केही परसम्म छाडिदिए ।
घाम झुल्किने बेलासम्म केटा र केटी गाउँमा पुगिसकेका थिए । बजार लागेको थियो । फाट्टफुट्ट सवारी साधनहरू ओहोरदोहोर गरिरहेको देखेर केहीबेर त उनीहरू अत्तालिए पनि । केटाले मजबूतीले केटीको हात समाएको थियो । उसले काँधमा धनुषका साथ कम्मरमा आंकुशे जस्तो एउटा हतियार पनि भिरेको थियो । उनीहरू दुवैले छालाको कछाड लगाएका थिए । केटीका स्तन हल्का उम्रिएका थिए ।
मान्छेले उनीहरूलाई घुरेर हेरे । तर पनि केटा र केटी सडकमा एक किनार समातेर लगातार अघि बढिरहे । कहाँ जाने ? के गर्ने ? कस्तो दुनियाँ हो, यो ? उनीहरू बिल्कुलै बेखबर थिए ।
केही बेर हिँडेपछि बजार सकियो । घरहरू पनि पातलिए । अनि सडकको दुबैतर्फ जंगल सुरु भयो । केटाका आँखा फराकिला भए । केटीको हात समाएर तान्दै ऊ जंगलभित्र घुस्यो । जंगलमा उनीहरू अलिक भित्रैसम्म गए । एउटा ओडार जस्तो देखियो । उनीहरू त्यहाँ बसे ।
केटाले भन्यो, ‘तिमी यहीँ बसिराख । यो मान्छेको बस्ती हो । यहाँ हामीले पनि उनीहरूले जस्तै लुगा लगाउनु पर्दछ । अनि उनीहरूले जस्तो खाना खानु पर्दछ । नत्र मान्छेका बीचमा हामीलाई निकै समस्या हुन्छ । म बजारमा गएर लुगा र खानेकुरा लिएर आउँछु ।’
केटीले सकारात्मक टाउको हल्लाई । समय नगुमाई ऊ अघि आएकै दिशातर्फ बत्तियो ।
मनग्ये स्फूर्तिसाथ उसले जंगल पार गर्र्यो र बजारमा पुग्यो । अनि एउटा कपडा पसलमा गयो ।
उसले बोलेको भाषा सुन्दा अचानक उसमा कतैबाट मानवीय प्रज्ञाको अत्यधिक शक्तिपात भएजस्तो लाग्थ्यो । केही दिनअघि उसले सपनामा प्राप्त गरेको विध्याले काम गरिरहे जस्तो पनि लाग्यो । केटो निकै पढेलेखेको युवकले जस्तो बोलिरहेको थियो ।
मनग्ये स्फूर्तिसाथ उसले जंगल पार गर्र्यो र बजारमा पुग्यो । अनि एउटा कपडा पसलमा गयो ।
पसलेले उसलाई हकार्दै भन्यो, ‘ओये जंगली केटा, कहाँ हिँडेको ? यहाँ तेरो काम छैन । जा, उता जा !’
‘किन जानु उता ? कता जानु उता ? लुगा लिन आएको !’ यसो भनेर ऊ सरासर पसलभित्र पस्यो र लुगा छान्न थाल्यो ।
पसले ‘चोरचोर’ भनेर कराउन थाल्यो ।
समय नगुमाई केटाले आफ्नो र केटीका लागि केही लुगा छान्यो र पसलेलाई धकेल्दै बाहिर आयो । पसले धडाम गरेर जमिनमा पछारियो । अनि चिच्यायो, ‘बचाओ, बचाओ !’
त्यतिन्जेलमा छिमेकी पसलेहरू गुरुरु कुदेर त्यहाँ भेला भए । केटाले अविलम्ब धनुष सोझ्यायो र भन्यो, ‘मलाई दरफर्र्यायौ भने मात्रै पनि म तिमीहरू सबैलाई मार्न सक्छु ! त्यसैले टाटाढै बस्लास् !’
मान्छे भागारेभाग भए । केटो आफ्नो बाटो लाग्यो ।
केही पर पुगेपछि उसले केही बटुवाले खाजा खाइरहेको देख्यो ।
अनि उसले एउटा पसलमा गएर भन्यो, ‘केही खानेकुरा चाहियो !’
पसलेले केटालाई शिरदेखि पाऊसम्म हेर्दै भन्यो, ‘के दिउँ भाइ ? तिमी त खतरनाक सिकारी झैँ देखिन्छौ । एस्सो हरिण, बदेँल हानेका बेला हामीलाई पनि सम्झिने गर्नु है ।’
केटाले एकपटक पसलमा चारैतिर नजर दौडायो । अनि चोरी औँलो केही सामानतर्फ इंगित गर्यो ।
पसलेले सामानहरू झिक्यो र एउटा झोलामा कोचेर केटालाई थमाउँदै भन्यो, ‘२४० रुपियाँ भयो ।’
‘रुपियाँ भन्नाले ?’ केटाले थैलो लिँदै नादान पारामा सोधिपठायो ।
केटाले ठट्टा गरेको ठानेर ठट्टै ओकल्दै पसलेले दाहिने हातको चोरीऔँलो बुढीऔँलोमा बडा मजाले घर्षण गर्दै भन्यो, ‘रुपियाँ क्या त, कटकटिया नोट ।’
तर केटो पसलेको कुरा नसुने जसरी त्यहाँबाट हिँड्यो ।
पछाडिबाट पसले करायो, ‘ए सिकारी भाइ, पैसा दिएर जाऊ । नत्र पुलिस बोलाउँछु । जंगलमा बँदेल मारे जस्तो होइन, यता !’
केटाले एकै झट्कामा भन्यो, ‘लिलाराज क्या त, प्रकृतिका सम्पूर्ण लीलाहरूको रहस्यपुञ्ज ! दुनियाँ बनायो इश्वरले, तँचाहिँ पैसा छापेर त्यसलाई हत्याउन खोज्छस् ?’
केटाले पछाडि नहेरी भन्यो, ‘पैसा लिलाराजले दिन्छ !’
पसलेले उसलाई पछ्याउँदैँ अलिक आक्रोशित आवाजमा सोध्यो, ‘को लिलाराज ? यता त्यस्तो नाउँको बँदेल तस्कर छैन । ए भाइ, मेरो पैसा त दिएर जाऊ !’
केटाले एकै झट्कामा भन्यो, ‘लिलाराज क्या त, प्रकृतिका सम्पूर्ण लीलाहरूको रहस्यपुञ्ज ! दुनियाँ बनायो इश्वरले, तँचाहिँ पैसा छापेर त्यसलाई हत्याउन खोज्छस् ?’
पसले उसको पछिपछि कुद्दै थियो ।
उसले स्याँस्याँ गर्दै केटालाई जवाफ दियो, ‘पैसा मैले छापेको होइन क्या, सिकारी भाइ ! खोइ मेरो पैसा...?’
चुपचाप केटाले सडकमा आफ्नो रफ्तार बढायो ।
ठूलो भुँडी भएको पसले अझै उसको पछिपछि कुद्दै कराइरहेको थियो, ‘ए समात, समात ! यसले मेरो सामान लुट्यो !’
केटो अब सडकमा कुद्न थाल्यो । उसको गति हेर्न लायक थियो । पलभरमा नै उसले बजारलाई निकै पछाडि छाडिसकेको थियो ।
अनि ऊ जंगलमा घुस्यो र केटी भए ठाउँमा पुग्यो । केटी उसलाई कुरेर बसिरहेकी थिई ।
‘तिमीलाई कुनै समस्या त भएन ?’ केटाले स्नेहसाथ सोध्यो ।
‘भएन । अनि तिमीलाई नि ?’ केटीले पनि स्नेहले भरपूर आवाज निकाली ।
‘मलाई त खूब मजा आयो !’ केटाले रमाउँदै भन्यो ।
‘कसरी ?’ केटीले उसैगरी सोधी ।
‘पछि बताउँछु । अहिले लुगा लगाउँ । अनि खाना पनि खाउँ ।’ केटाले पोको फुकाउँदै भन्यो ।
त्यसपछि उनीहरूले लुगा लगाए । लुगा नलगाउँदा र लुगा लगाउँदाको अवस्थामा उनीहरूको रूपको भेद निश्चय नै उल्लेख गर्न लायक थियो । फगत एक आवरणले यहाँ जंगली र घरपालुवा खुट्ट्याउन सकिन्थ्यो । मानव बस्तीमा थप कुराहरू भने गौण !
उनीहरूले खानेकुराको प्याकेट पनि खोले । त्यहाँ केही बिस्कुट, भुजिया र चाउचाउ थियो ।
उनीहरूले मान्छेले नियमित खाने खाजा स्वाद मानीमानी खाए ।
केटालाई बिस्कुट मन पर्यो भने केटीले चाहिँ चाउचाउ मन पराइ ।
शिघ्र उनीहरू सडकमा निस्किए ।
सडक पुगेपछि केटाले भन्यो, ‘अब गाडी चढ्नु पर्छ । त्यसको लागि पैसा चाहिन्छ । तर तिमी चिन्ता नगर । म व्यवस्था मिलाइहाल्छु ।’
केही बेरपछि उसले बाइकमा सवार एउटा मानिसलाई खुट्टामा तीर हानेर ढाल्यो । केटाले एउटा मात्रै तीर प्रहार गरेको थियो । कालोपत्रेमा धसारिँदै बाइक लड्यो । मान्छे केही पर हुत्तियो ।
केटाले उसको समीप गएर भन्यो, ‘रुपैयाँ निकाल !’
घायल मान्छेले सडकको दायाँबायाँ हेर्यो । सडक सुनसान थियो । केही नलाग्ने देखेर उसले आफ्नो पर्स झिकेर केटाका हातमा थमायो । केटाले पर्स खोलेर हेर्यो । त्यहाँ टनाटन नोटहरू थिए ।
बाइकवाला ‘ऐयाऐया’ भन्दै थियो । केटाले फुत्तै उसको खुट्टामा गाडिएको तीर झिक्यो । घायलले झन ठूलो आवाजमा ‘ऐया’ भन्यो । उसको खुट्टाबाट रगतको भल बग्न थाल्यो । केटाले कम्मरमा च्यापेको एउटा थैलोबाट केही धूलो निकाल्यो र ताजा घाऊमा हालिदियो ।
उनीहरूले सडकमा अघिल्तिर आफ्नो गति बढाए । बाइकवाला ट्वाँ पर्र्यो र बडो मुस्किलले उभिन सक्यो । उसले फोन निकाल्यो र सय नम्बर दाब्यो ।
‘अब यसले च्वाट्टै हुन्छ !’ केटाले भन्यो र केटीको हात समाएर अघि बढ्यो ।
‘तर मेरो के दोष थियो ? लाइसेन्स त देऊ, ओ भाइ !’ घाइतेले आर्तनाद गर्याे ।
‘मसँग टकराउनु नै तिम्रो गल्ती भैदियो, मनुवा । के गरौँ ?’ केटाले पछाडि नहेरी भन्यो ।
उनीहरूले सडकमा अघिल्तिर आफ्नो गति बढाए । बाइकवाला ट्वाँ पर्र्यो र बडो मुस्किलले उभिन सक्यो । उसले फोन निकाल्यो र सय नम्बर दाब्यो ।
उता एक घण्टामा उनीहरूले केही किलोमिटर दूरी तय गरे । एउटा अलिक ठूलो बजार आयो । बसहरू आआफ्नो गन्तव्यको यात्रा तय गर्न तम्तयार थिए ।
केटाले एउटा टिकटवालालाई सोध्यो, ‘बाघखोर जाने बस चाहियो !’
टिकटवालाले सोध्यो, ‘यो उर्लाबारीमा पर्छ, होइन ?’
सुनेर केटाले सकारात्मक टाउको हल्लायो ।
अनि उसले केटा र केटीलाई एउटा बसमा चढाइदियो । केटाले पर्सबाट एउटा नोट झिकेर उसको हातमा थमायो । टिकटवालाले केही रुपैयाँ फिर्ता गर्यो । अनि एउटा टिकट पनि थमायो ।
केटा र केटी सिटमा बसे । यात्रुहरू लगभग भरिएपछि बस गुड्यो । पहिलो पटक मोटर चढ्दाको कुनै अनौठो हाउभाउ केटा र केटीले देखाएनन् । उनीहरू शान्त भएर झ्याल बाहिर रमित हेर्न थाले ।
ढकढक ...! ढकढक ...!!
‘किबोर्ड’मा धमाधम औँला ठोकिरहेका बेला मध्यरातको चकमन्नतामा कसैले मेरो ढोका ढक्ढक्यायो । हल्का झसँग पनि भएँ । ‘कन्ट्रोल एस’ दबाएर फुत्तै ढोकामा पुगेँ ।
मैले अलिक जोडले सोधेँ, ‘को हो, यति राति ?’
उताबाट एउटा परिचित झैँ लाग्ने आवाज आयो, ‘गुरु, म । माफ गर्नुहोला, आउँदाआउँदै यति राति भयो ।’
मैलेँ घरक्क ढोका उघारेँ । ‘सीएफएल’ चिमको दुधिलो प्रकाशमा मैले त्यहाँ एक जोडी केटा र केटीलाई देखेँ ।
केटा चाहिँले केटीलाई पाखुरामा च्याप्प अँठ्याएर उभिएको थियो । उनीहरूले लगाएका लुगा अलिक नसुहाए जस्तो लागिरहेको थियो ।
‘प्रणाम गुरुदेव !’ केटाले हात जोड्दै भन्यो ।
केटीले पनि मेरा आँखामा हेरेर जम्लाहात गरी ।
‘यति राति ?’ मेरो मुखबाट अनायासै फुत्कियो, ‘को हौ तिमीहरू ?’
ठ्याक्कै ठम्याउन नसके पनि मलाई उनीहरूलाई कताकता देखे जस्तो नै लागिरहेको थियो । नियालेर हेर्दा उनीहरू परिचित झैँ नजर आइरहेका थिए ।
‘चिन्नु भएन र हामीलाई ? म राम । अनि यिनी सीता ।’ केटा चाहिँले बडा उत्साहित आवाजमा भन्यो ।
उसको मुहारमा अतिरेकमय मुस्कान पनि म देख्दै थिएँ । केटी पनि ताजा फूल जस्तै मुस्कुराइरहेकी थिई । उनीहरूको त्यो ताजा र अति ऊर्जामय मुस्काले मलाई निकै गहिरो प्रभाव पार्र्यो ।
आँखीभौँमा जोर दिएँ । मलाई केही याद आउन थाल्यो ।
सहस्र भनेँ, ‘हो हो, मलाई केही याद आयो । मैले त तिमीहरूलाई सपनामा देखेको थिएँ । तिमीहरू अहिले यहाँ साक्षात् कसरी ? ओहो कस्तो आश्चर्य !’
केटाले मुस्कान कायम राख्दै भन्यो, ‘मैले पनि त हजुरलाई सपनामा नै देखेको हुँ नि । के हामी भित्र आउन सक्छौँ ?’
अचानक मेरो देब्रे कान टिनिन्न गरेर करायो । पलभर आफ्नो कानभित्र ध्यान लगाएपछि मैले भनेँ, ‘आऊ आऊ । भित्रै आऊ ।’
मैले उनीहरूलाई चियाखाजा खुवाएँ । आफ्नै सपनाका एउटा मात्रै होइन दुई जना जीवित पात्रहरू मेरासामु साक्षात रूपमा उपस्थित थिए । अनि उनीहरूका सामुन्ने उनीहरूको स्वप्नगुरु म पनि साक्षात् तवरले नै उपस्थित थिएँ । वातावरण त्यहाँ ‘डेजा भू’मय बन्न पुगेको थियो । ‘टु वे डेजा भू’ !
खाजा खाएर उनीहरूलाई अर्को कोठामा आराम गर्ने वातावरण मिलाइदिएपछि मैले ‘कम्प्युटर रेज्युम’ गरेँ । अनि फेरि मेरा औँलाहरू ‘किबोर्ड’मा एक किसिमको आवाज निकाल्दै उसैगरी नाच्न थाले । मध्यरातको नीरबतामा ती आवाजहरू पनि निकै चर्का लाग्दै थिए ।
सेक्सपियरको कुरा गर्दा यदाकदा मान्छेहरू ‘पियर’ हटाएर बाँकी रहेको जिनिश बुझ्न पनि ताम्सिछन् । अनि ‘स्याक्सोफोन’ बजाउँदा उनीहरू घड्याप्पै उत्तेजित भइदिन्छन् । आजकल जमाना निकै मजाले झिनो वस्त्रधारी हुन पुगेको छ ।
अनि मैले मधुर आवाजमा एउटा गीत बजाएँ, ‘जानु थियो हो, तर आउँदै छु म ...जाने बेला हो, तर आउँदै छु म ...!’
गीत त्यस्तो बजे तापनि यता यथार्थमा भने मलाई आउनुपर्ने थियो । तर वास्तवमा म जाँदै छु । गइरहेको भए तापनि मान्छेहरूले चाहिँ मलाई आइरहेको नै देखिरहेकोमा किञ्चित अफसोस छैन । मान्छेहरूसँगको साइनो नै यस्तै हो । मैले ‘नाइन’ देखाउँदा उनीहरू ‘सिक्स’ बुझ्छन् । र, मैले ‘सिक्स’ देखाउँदा उनीहरू ‘नाइन’ बुझिदिन्छन् ।
सेक्सपियरको कुरा गर्दा यदाकदा मान्छेहरू ‘पियर’ हटाएर बाँकी रहेको जिनिश बुझ्न पनि ताम्सिछन् । अनि ‘स्याक्सोफोन’ बजाउँदा उनीहरू घड्याप्पै उत्तेजित भइदिन्छन् । आजकल जमाना निकै मजाले झिनो वस्त्रधारी हुन पुगेको छ । भन्नै परेन, त्यस्ता झिना वस्त्रहरू अति पारदर्शी र सम्मोहक हुन्छन् । फलस्वरूप मानव बस्तीमा कामग्रन्थीहरू बेला न कुबेला भट्किन खोज्छन् । भड्किन पनि खोज्छन् ।
मलाई लाग्छ, कुरा नबुझ्नु वा उल्टो कुरा बुझ्नु केवल आजको युगको ‘क्लस्टर हेडेक’ होइन । यो मानव सभ्यताको शदियौँदेखिको ‘क्रोनिक क्लस्टर हेडेक’ हो । मान्छेले कुरा नबुझिदिएकै कारणले दुनियाँमा छ्यापछ्याप्ती दार्शनिक र पण्डित जन्मिन पुग्छन् । यहाँ मान्छेले कुरा बुझ्ने हो भने, यसको विपरीत जगत्मा भटाभट बुद्ध र ज्ञानीहरू जन्मिन थाल्छन् । बुझ्नु भएन ? यहाँको चलन नै यस्तै छ । मान्छेहरू बुद्ध वा ज्ञानीमा भन्दा बढी चासो दार्शनिक वा पण्डित वा जादुगर वा बाँदर नचाउने मदारीमा राख्छन् ।
गाँठी कुरा गर्नु पर्दा, सभ्यतामा कुरा नबुझ्नेहरूको बाहुल्य भएको खण्डमा चाहिँ बुद्ध जन्माउन निकै कठिन पर्न आउँछ । कुनै बुद्ध तब मात्रै जन्मिन्छन् जब मान्छेहरू कुरा बुझ्न सक्षम हुन्छन् । साथै बुद्ध तब मात्रै पैदा हुन्छन् जब मान्छेहरू समृद्ध बन्छन् । कथित गरिब बस्तीमा पनि बुद्धलाई पैदा हुन सकस पर्दछ । अनि कथित धनीहरूको बस्तीमा पनि बुद्ध जन्मिन कठिन नै हुन्छ । हुन त यो गरिब र धनी भन्ने ‘टर्मिनोलोजी’ नै गलत छ । आँकडामा नापिने विषय होइन यो । बरु यो नापिन्छ चेतनाको अति मानसिक फैलावटका आधारमा ।
त्यसो त बस्तीहरू गरिब भए भने यहाँ सामन्तीहरू मौलाउँछन् । र, बस्तीहरू धनी भए यहाँ भिखारीहरू बढ्छन् । दुनियाँलाई चैन त तब हुन्छ जब बस्तीहरू समृद्ध बन्छन् । समृद्धिमा बुद्ध पैदा हुन्छन् । समृद्धिमा प्रज्ञा आविष्कार हुन्छ । समृद्ध बस्तीमा अब कुनै कुराको कमी हुँदैन । त्यहाँ पण्डितहरूको काम हुँदैन । त्यहाँ दार्शनिकहरूको नामोनिशाना मेटिन्छ । त्यहाँ त राजनीति पनि तिरोहित हुन पुग्दछ ।
कसलाई गरिब भन्ने ? अनि कसलाई धनी भन्ने ? कसलाई भिखारी भन्ने ? अनि कसलाई भन्ने सम्राट् ? गरिबको छोरो वा छोरी सत्तामा पुग्दा जे देखियो, अहिले नेपालमा देखियो । हिजो सम्राट्का छोराहरू सत्तामा रहँदा पनि जे जे देखिएको थियो, त्यो पनि नेपालमै देखिएको थियो ।
यहाँ चेतनाको रसातलबाट चियाउँदा को सम्राट्, को फकिर ? यो विराट ब्रह्माण्डको केन्द्रबाट होशको नजर दौडाउँदा यहाँ को धनी, को गरिब ? चेतनाको गहिराइबाट हेर्दा यहाँ को धनी, को गरिब ?
विरोधका लागि विरोध हो भने, जलनका लागि जलन हो भने, क्रोधका लागि क्रोध वा अहंकारका लागि अहंकार हो भने यो एउटा अँध्यारो गर्तमा हुत्तिँदैछ । के ? नेपालको राजनीति !
तर यदि यो केवल एक राजनीतिक संक्रमण हो भने, अबको नेपाल पक्कै सहज छैन । छ त ? त्यसैले यो लामो र कर्कश राजनीतिक नौटंकीको पटापेक्ष गरौँ । र, जिन्दगी बाँच्ने दमाहातुरही बजाऔँ ।
यहाँ चेतनाको रसातलबाट चियाउँदा को सम्राट्, को फकिर ? यो विराट ब्रह्माण्डको केन्द्रबाट होशको नजर दौडाउँदा यहाँ को धनी, को गरिब ? चेतनाको गहिराइबाट हेर्दा यहाँ को धनी, को गरिब ?
खासमा, एक मुठ्ठी जिन्दगी पनि ठिकसँग ज्युँन नसक्नु मानवको अक्षम्य कमजोरी हो । यसपछि उसलाई कहिल्यै क्षमा हुने छैन । प्रकृतिको अदालतमा मानव दोषी सावित भइसकेको छ र अब उसले कठोर सजाय भोग्न मात्र बाँकी छ । तर मानव प्रकृतिदेखि फरार छ । र, अझै प्रकृतिको दोहनमै उद्दत छ । अनि ऊ त्यसरी नै सजाय भोग्दो छ ।
तर,
यहाँ नेपाल देशमा न सम्राट्ले ठिक गर्र्यो, न त सत्ताको बागडोर हत्याएको सर्वहाराले नै सबैलाई समेटेर लग्न खोज्यो । सम्राट् यहाँ भिखारी भयो । अनि भिखारी सम्राट् कहलियो ! हिजो सम्राट्ले भिखारीलाई समेटेन । आज भिखारीले सम्राट्लाई समेटिरहेको छैन !
यो सम्राट्–भिखारी र भिखारी–सम्राट्को खेल निकै लामो गयो, नेपालमा । लाग्छ यहाँ सम्राट् र भिखारीबाहेक अरू दलाल, बिचौलिया, बनियाँ, माफिया, हरुवा, चरुवा र पानी मरुवाहरू मात्रै छन् । अनि के यिनीहरू इतर थप अन्यहरू चाहिँ यहाँ हातमा दही जमाएर बस्या’ छन् ?
साला, खलाँती ठिकसँग नचलाई भुंग्रोमा फलाम पोल्ने धृष्टता गर्छन् यहाँ कौडीबाजहरू !
मलाया देशमा एउटा ‘प्लाटिनियम क्राउन’ तयार हुँदैछ भन्ने अपुष्ट खबर आएको छ । दिग्गजहरूले पुष्टि गर्नुहोला !
लेख्दालेख्दै बिहान भयो । स्नान सकेर मैले चियाखाजा बनाएँ । केटाकेटी पनि उठे । तरोताजा भएर मेरो कोठामा आए । चियाखाजा खाए । उनीहरू निकै प्रसन्न देखिन्थे ।
पल्याँटी कसेर बस्दै केटाले भन्यो, ‘म अझै जाग्न चाहन्छु । म एक पूर्ण मानव बन्न चाहन्छु ।’
केटी पनि पल्याँटी कसेर बसी ।
म सुरु भएँ, ‘बिस्तारै आँखा बन्द गर । अनि सासको लयमा ध्यान देऊ । आयो सास, गयो सास । गयो सास, आयो सास । अब चनाखो भएर मेरा कुराहरू सुन । यहाँ सबै काम छाडेर एउटै काम गर्नू, जाग्ने काम ! अर्थात्, पहिले जाग्ने काम गर्नू । अनि मात्रै अरू काम गर्नू । त्यसैले जाग् । अहिले भर्खर जाग् । जागरणका कैयौँ तहहरू हुन्छन् । तँ एकएक गर्दै सारा तहहरू छिचोलेर आफ्नो केन्द्रमा पुग् । नजागे तँ मानवको रूपमा केवल एक पशु होस् । त्यसैले जाग् । अहिले भर्खर जाग् । जागरणलाई जीवन बना । कृत्य होइन । हे राम र सीता, पूर्ण जागृत्तिको संभावना भएका तिमीहरू अहिले भर्खर जाग् !’
यति भनेर म मौन भएँ । उनीहरू दुवै बडा गजबले ध्यानमग्न भए । यस्तो लाग्थ्यो, उनीहरू आआफ्ना सातै चक्र खोलेर त्यहाँ त्रिभुजाकार भएका छन् ।
मलाई सुदूरअन्तसमा एउटा अति चहकिलो प्रकाश नजर आइरहेको थियो कि यी केटाकेटीहरू पक्कै जाग्ने छन् । यो एक यस्तो संघटना, जहाँ उपासनाले साक्षात परमात्मा पनि धर्तीमा अवतरित हुन बाध्य हुनेछ । अनि मैले पनि क्रमशः आँखा बन्द गरेँ र गहन ध्यानमा लीन भएँ ।
निकैबेरपछि मैले सुस्तरी आँखा खोलेँ । उनीहरू उसैगरी आँखा चिम्म गरेर गहन ध्यानमा लीन थिए ।
मैले आफ्नो भनाइ जारी राखेँ, ‘सारा ध्यान आतेजाते सासहरूमा लगाऊ । सास आइरहेको छ । सास गइरहेको छ । नाकका पोराहरूमा आफ्नो सारा चेतनालाई एकत्र गरेर प्राकृतिक सासको अनवरत लयमा एकाकार भइराख । अनि बिस्तारै आँखा खोल ।’
उनीहरूले मेरो निर्देशन पालन गरे ।
मैले उनीहरूलाई हत्केलाहरू आपसमा केही पटक रगडेर आफ्ना चेहरामा राख्न लगाएँ र भनेँ, ‘तिमीहरूभित्र मैले केही प्रज्ञाका तरंग सम्प्रेषण गरिदिएको छु । अब तिमीहरू जाऊ । तिमीहरूभित्रको प्रज्ञाले आफसेआफ काम गर्नेछ । अब तिमीहरू आफ्नो नियति पहिल्याऊ । आफ्नो जिन्दगी खोज । तिमीहरूले अवश्य आफ्नो मुकाम फेला पार्नेछौ । मेरो सदैव तिमीहरूलाई आशीर्वाद रहनेछ ।’
केटा र केटी बिस्तारै उठे । अनि मलाई जुम्लाहात गर्दै बाहिरिए । उनीहरू दुवैका मुहारमा एक अलौकिक चमक देखियो । मलाई लाग्यो, आखिर रूपान्तरण भइछाड्यो ।
अकस्मात, भल्याँस्स भएँ, म !
प्रिय पाठक, तिमी नझुक्क...
खासमा कम्प्युटर खोलेर ‘बाघखोर प्रज्ञा – ६’ लेख्ने सुरमा थिएँ । भावातीत याने ‘ट्रान्सिडेन्टल’ हुन पुगेँछु । मभित्रको अवचैतनिक ‘टेलिस्कोप’ सक्रिय भएर एक अभुतपूर्व यात्रामा तल्लीन भइहालेछ । कस्तो रोमाञ्चक !
नयाँ कथा फुरेकोमा खूब आनन्द आयो । कताकता त्यो अज्ञात टार्जन केटो र उसकी सुन्दरी केटीसँग मलाई सूक्ष्मप्रेम पनि महसुस भयो । अनि म फटाफट ‘स्क्रिन’मा कथाको ‘प्लट’ टंकण गर्न थालेँ । ‘भिजन’ आइसकेपछि कथा लेख्न खूब मजा आउँछ । कलम कतै रोकिँदैन । अनि लेख्दाखेरी कनिरहनु पनि पर्दैन ।
दुई घण्टा लगातार नयाँ कथाको ‘फ्रेम’ काटेपछि मलाई एकदमै निद्रा लागेर आयो । अनि ढोका बन्द गरेर सुतिदिएँ । लेख्ने मान्छे भएकाले बेलाबेला ‘कुटाइम’मा पनि मेरो सुत्ने आदत छ । अनि ‘कुटाइम’मा जाग्ने आदत पनि यथावतै ।
निदाउने बेलामा सधैँ झैँ केही दृश्य र आवाज उर्लिन थाले । मेरो मनको रजतपटमा एउटा घना जंगल प्रकट भयो । अनि मनका कानले मैले त्यहाँ विभिन्न जंगली जनावरहरूको आवाज पनि सुन्न थालेँ ।
मेरो मनको ‘टेलिस्कोप’ले हात्तीहरूको एउटा समूहलाई फेला पार्र्यो । समूहको बुढो हात्ती भन्दै थियो, ‘ती मान्छे नानीहरू चानचुने होइनन् । मानव चोलामा जन्मिएर पनि भविष्यमा उनीहरूले असाधारण काम गर्ने छन् । केटोमा त मैले हाम्रा पिता शिवजीकै झलक देखेको छु । अनि केटीमा पार्वती माता । त्यसैले उनीहरूलाई हामीले यहाँबाट शक्तिका तरंगहरू प्रक्षेपण गरिरहनु पर्छ । ती मान्छे नानीहरूले हामी सम्पूर्ण पशुपन्छी र रुखबिरुवाहरूको उत्थान गर्न जन्म लिएका हुन् । ती दुबै जना मानवका बच्चा भएर पनि मानवबाटै ठगिए । अनि परमात्माले उनीहरूको भेट हामीसँग गराउनु भयो । परमात्माले उनीहरूलाई अन्य मानवभन्दा कैयौँ गुणा बढी शक्ति र आशीर्वाद प्रदान गर्नुभएको छ ।’
उठेर पानी खाएपछि यो नयाँ ‘प्लट’ पनि लेखेर सकेँ । एउटा सिगार जलाएर भित्तासँग शून्य हुँदै बाक्लो धुँवा ओकल्न थालेँ । मनमा हात्तीहरूको पेचिलो संवाद झन्झनाइरहेको थियो ।
बुढाका कुरा सुनेर सबै हात्ती गम्भीर भए । अनि उनीहरू सामूहिक प्रार्थना गर्न थाले । अगाडिका दुबै खुट्टा उचालेर आधा पलक बन्द गर्दै उनीहरू प्रार्थना गीत गाउन थाले । उनीहरू सूँढ ठाडाठाडा पारेर अनौठा आवाजहरू पनि निकालिरहेका थिए ।
उनीहरूको आवाजले सारा जंगल गुञ्जायमान हुन पुग्यो । आकाशमा बिजुली चम्कियो । अनि गड्यांगगुडुंग पनि गर्न थाल्यो । चारैतिर अँध्यारो पनि भएर आयो ।
हात्तीहरूको प्रार्थना जारी थियो । पानी दर्कियो ।
फेरि झल्याँस्स भएँ, म ।
उठेर पानी खाएपछि यो नयाँ ‘प्लट’ पनि लेखेर सकेँ । एउटा सिगार जलाएर भित्तासँग शून्य हुँदै बाक्लो धुँवा ओकल्न थालेँ । मनमा हात्तीहरूको पेचिलो संवाद झन्झनाइरहेको थियो ।
बीचैमा सिगार निभाएर फेरि उसैगरी सुतेँ ।
आत्मसम्मोहन सिके यता मलाई सुत्न अत्यधिक सहज भएर आएको थियो । आफूलाई ‘कमाण्ड’ गरेर म जुनसुकै बेला निदाउन सक्छु । ‘कुटाइम’मा सुत्नु एक किसिमले मेरो सौख पनि हो । किनभनेँ निद्रा, तन्द्रा र सपना नै मेरो लेखनको कच्चापदार्थ जोहो गर्ने रहस्यमय माध्यमहरू हुन् ।
आँखा बन्द गरेपछि लामो सास तानेर छाडेँ । केहीबेरमा नै मनको पर्दामा अनौठा आवाजका साथमा अनेक दृश्यहरू अवतरित हुन थाले । मनको आँखाले मैले टार्जन केटो र केटी अर्थात् राम र सीतालाई देखेँ ।
निकैबेर हिँडेपछि केटाले हल्का आँखा बन्द गरेर आकाशतर्फ मुखातिव हुँदै जोखना हेरे जस्तो गर्र्यो र केटीलाई भन्यो, ‘यस अनकण्टार सहरमा कुन घरले हामीलाई पर्खिरहेको छ भनेर थाहा पाउने प्रयास गर्दैछु । देखियो, देखियो । अहिले मनको पर्दामा मलाई एउटा घरको सजीव चित्र आइरहेको छ ।’
केटीले सोधी, ‘कति टाढा छ, त्यो घर ?’
केटाले जोखना हेरिसकेर भन्यो, ‘म पुर्र्याइहाल्छु नि !’
अनि ऊ आधा पलक बन्द गरेर केटीका पाखुरामा उसैगरी च्याप्प समाएर अघि बढ्यो । केटी ऊसँग उसैगरी लहसिँदै साथ दिन थाली ।
केहीबेर हिँडेपछि केटो टक्क अडियो । उसले चारैतिर मिहिन दृष्टि फ्याँकेर केटीतर्फ हेर्दै एउटा विजयी मुस्कान पस्कियो ।
उसले हौसिँदै भन्यो, ‘आऊ म तिमीलाई घरमा लिएर जान्छु !’
बाटा मास्तिर एउटा परित्यक्त घर थियो । उनीहरू सरासर त्यहाँ प्रवेश गरे । केटाको चाल हेर्दा यस्तो लागिरहेको थियो कि ऊ कतै घुमफिर गरेर आफ्नै घरमा फर्किरहेको हो ।
एकाएक केटाको सपनामा लिलाराज टप्कियो । लिलाराजले हातमा झण्डै आधा किलोको एउटा स्फटिक बोकेको थियो । स्फटिक हीराभन्दा बढी चम्किरहेको थियो । एउटा ‘मिस्टिक’ले ढुंगाबाट पनि आगाका ज्वाला निकाल्न सक्छ जस्तो महसुस हुन पुग्यो ।
दोस्रो तल्लामा उनीहरू चढे । केटाले बन्द ढोकालाई झट्कामा खोलिदियो । उनीहरूले सारा घरको निरीक्षण गरे । केही कुकुरबाहेक घरमा अरू कोही थिएनन् ।
छतमा गएर उनीहरू सूर्यस्नान गर्न थाले । केटो मस्त निदायो । केटी पनि निदाई ।
एकाएक केटाको सपनामा लिलाराज टप्कियो । लिलाराजले हातमा झण्डै आधा किलोको एउटा स्फटिक बोकेको थियो । स्फटिक हीराभन्दा बढी चम्किरहेको थियो । एउटा ‘मिस्टिक’ले ढुंगाबाट पनि आगाका ज्वाला निकाल्न सक्छ जस्तो महसुस हुन पुग्यो ।
लगत्तै केटाले लिलाराजको ‘ड्र्यागन’ आवाज सुन्यो, ‘यस घर पछाडि एउटा भूमिगत पानीको ट्यांकी छ । तर त्यहाँ अहिले पानी छैन । त्यहाँ एक बोरा सुन र चार बोरा चाँदी राखिएको छ । साथमा एउटा सुटकेश पनि छ । र, त्यस सुटकेशमा एक मिलियन, अर्थात् १० लाख रुपैयाँ नगद पनि तिमीले फेला पार्नेछौं । जाऊ त्यो सबमा आफ्नो अधिपत्य जमाऊ । सुन र चाँदी तिमीहरूलाई काम छैन ।
केवल त्यो सुटकेश बोकेर आज राति नै यस घरलाई छाडेर तिमीहरू अर्कै सहरको यात्रा तय गरिहाल । त्यति पैसाले तिमीहरूलाई छेलोखेलो हुनेछ । जिन्दगीमा अनावश्यक धनसम्पत्ति बोक्नु वा थुपार्नु पनि खतरा हो । धन केवल यति बोक्नु वा थुपार्नु कि त्यसले आफैँलाई नकिचोस् । बुझेनौ ? त्यसपछि के गर्ने भनेर म तिम्रो मस्तिष्कमा आवश्यक्तानुसार उपयुक्त तरंगहरू सम्प्रेषण गर्नेछु । लु, अबेर नगर । त्यो सुटकेश हात पारिहाल । तिमीहरू दुवैजनालाई नयाँ जिन्दगीको न्यानो शुभकामना पनि भन्न चाहन्छु । अब जाग् !’
केटो घड्याप्पै जाग्यो । अनि लिलाराजले सपनामा दिएको जानकारीअनुसार घरको पछाडि पुग्यो । केटी पनि उसको पछिपछि लागी ।
अबेर नगरी केटाले एकै झट्कामा त्यस भूमिगत ट्यांकीको ढक्कन खोल्यो र भित्र चियायो । भित्र घना अन्धकार थियो । केटाले छेवैको बारबाट एउटा बलियो र लामो बाँस तान्यो र ट्यांकीमा घुसायो । बाँस तल ट्यांकीको पिँधमा ठ्वाक्क गरेपछि उसले ठ्वाकठ्वाक पार्यो । अनि केही आश्वस्त देखियो ।
त्यसपछि ऊ बडा हल्का पारामा त्यही बाँसको सहाराले ट्यांकी भित्र ओर्लियो । भुइँमा पुग्यो । भुइँमा पानी थिएन । सुक्खा थियो । केही बेर अँध्यारोलाई नियालेपछि उसले त्यहाँ कालो छायाँजस्ता आकृतिहरू देख्न सक्षम भयो । छामेर हेर्दा त्यहाँ भरिएका बोराहरू थिए । लिलाराजले बताए जस्तै त्यहाँ एउटा सुटकेश पनि थियो । केटाले सुटकेश उठायो र बाँसमा उँभो उक्लियो । केटीलाई सुटकेश समाउन दिएर ऊ फुत्तै माथि निस्कियो ।
ट्यांकीको ढक्कन लगाइदिएर केटाले सुटकेश खोल्न खोज्यो । तर त्यो ‘लक‘ थियो । सुटकेश अलिक वजनदार पनि थियो । तर टार्जन केटालाई त्यसले केही पनि फरक परेन ।
सुटकेश लिएर उनीहरू घरको एउटा कोठामा गए । केटाले सुटकेशको मिहिन अवलोकन गर्यो । अनि कम्मरमा भिरेको एउटा आंकुशेजस्तो हतियारको ‘एंगल’ राखेर भ्ल्याट्टै सुटकेश खोलिपठायो । सुटकेशबाट केही बन्डल नोट बरर खसे । केटा र केटीले हेराहेर गरे । अनि मुस्कुराए ।
घरकै अर्को कोठामा एउटा बोरा फेला पारेपछि केटाले सुटकेशबाट पैसा झिकेर बोरामा कोच्यो । एक बण्डल नोट उसले केटीको कुर्ताको खल्तीमा कोचिदियो । अनि एउटा डोरीसमेत खोजेर बोराको मुख बाँध्यो ।
फेरि मेरो निद्रा टुट्यो । तीव्र रफ्तारमा मनको रजतपटकको ‘रिल’ स्वार्रै उल्टो दिशामा घुम्यो । पलभर निर्विचार भयो, मेरो टाउको । जागेर यसपालि मैले सिगार होइन एउटा अगरबत्ती जलाएँ ।
बोरा बोकेर केटाले केटीलाई अघि बढ्न इशारा गर्र्यो । अनि उनीहरू सडकमा पुगे र अघि आएकै दिशातर्फ लागे । केटाले एउटा ट्याक्सी भाडामा लियो । उनीहरू अर्को सहरमा गए र एउटा घर भाडामा लिएर बसे । केटालाई अनेक प्रज्ञाहरू आउँदै गए । ऊ कैयौँ चमत्कारिक कार्यहरू गर्न थाल्यो । तर उसले जथाभावी गरेन । उसको एउटा महान् लक्ष्य तय थियो ।
फेरि मेरो निद्रा टुट्यो । तीव्र रफ्तारमा मनको रजतपटकको ‘रिल’ स्वार्रै उल्टो दिशामा घुम्यो । पलभर निर्विचार भयो, मेरो टाउको । जागेर यसपालि मैले सिगार होइन एउटा अगरबत्ती जलाएँ ।
नित्यकर्मसमेत भ्याएर म उसैगरी कम्प्युटरको किबोर्डमा औँला ठोक्न थालेँ । टार्जन केटाको कुण्डलिनी जागृत भएकोमा म औधी प्रसन्न थिएँ । रात गहिरिँदै थियो । ब्रह्माण्डको तेजोमय र अति शक्तिशाली द्वार खुल्दै गरेको आभास मलाई हुन थाल्यो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया