जनवादी संगीतलाई टुहुरो बनाए टुहुरेले
काठमाडौँ- जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । बिहीबार ७८ वर्षको उमेरमा टुहुरेको निधन भएको हो ।
कलंकीस्थित घरमा लडेपछि टुहुरेलाई बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोगी उनको बयोधामा निधन भएको हो ।
टुहुरे संविधानसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार थिए । टुहुरेलाई अन्तिम श्रद्धान्जलीका लागि आज दिउँसो साढे १:३० बजेदेखि २ बजेसम्म माओवादी पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । त्यस्तै दिउँसो ३:०० देखि ४:०० बजेसम्म पशुपति आर्यघाटमा राखिनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया