साहित्य

उपन्यासकार मल्लको ‘सेप्टेम्बर १७’ सार्वजनिक

इकागज |
असोज १, २०७८ शुक्रबार २१:१९ बजे

काठमाडौँ – नेपाल भाषाका स्थापित उपन्यासकार मल्ल के सुन्दरको नयाँ उपन्यास ‘सेप्टेम्बर १७’ सार्वजनिक भएको छ । नेपाल भाषा एकेडेमीले प्रकाशन गरेको उक्त कृतिको जनकवि दुर्गालाल श्रेष्ठले शुक्रबार कीर्तिपुरमा एक कार्यक्रमबीच लोकार्पण गरेका हुन् ।

उपन्यासमाथि टिप्पणी गर्दै प्रा.मदनसेन बज्राचार्यले विश्व राजनीति र घटनाक्रमलाई सिलासिलाबद्ध ढंगले प्रस्तुत गर्दै नेवार समुदायको जीवन पद्धति र पूजा विधिलाई पनि लेखकले उपन्यासमा समेटेर जीवन्तता प्रदान गरेको बताए ।


अधिकारकर्मीका रूपमासमेत परिचित मल्लले यस उपन्यासमा एकाँकी जीवन व्यतित गर्दै आएका नेवार मूलका एक अमेरिकी सैनिक आफ्नो पहिचान र थातथलो खोज्दै भक्तपूरको ताथली टेक्न आइपुगेको मर्मस्पर्शी कथा समेटिएको छ । २ सय १ पृष्ठ रहेको उपन्यासको मोल ३ सय रूपैयाँ राखिएको छ । मल्लको यो पाँचौँ उपन्यास हो ।


Author

थप समाचार
x