साहित्य

भैरवी भूगोलको ‘नेपालको गीत’ कविता प्रथम

इकागज |
मंसिर २९, २०७७ सोमबार १८:५२ बजे

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानको ६३ औं वार्षिकोत्सवका उपलक्ष्यमा मंगलबार कमलादीमा आयोजना गरिएको राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटका कवि भैरवी भूगोलद्वारा लिखित ‘नेपालको गीत’ कविता प्रथम भएको छ । 

त्यस्तै लमजुङका प्रज्वल अधिकारीको ‘संकल्प’ द्वितीय भएको छ । तृतीय हुनेमा सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा : एक विश्‍वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगार्इंको ‘समृध्द नेपालको सपना’ रहेको छ । 



Author

थप समाचार
x