साहित्य

'द हिमालयन सनराइज'को लण्डनमा विमोचन

इकागज |
कात्तिक १८, २०७८ बिहीबार १२:२ बजे

संगीता स्वेच्छाद्धारा संकलित÷लिखित तथा संगीता स्वेच्छा तथा क्यारेन भ्यान डि द्धारा सम्पादित 'द हिमालयन सनराइज: एक्सप्लोरिङ नेपाल्स लिटररी होराइजन' लक्ष्मी जयन्तीका अवसरमा नेपाली साहित्य विकास परिषद, युकेद्वारा आयोजित आज  एक कार्यक्रमा सार्वजनिक गरिएको छ । उक्त पुस्तकको विमोचन डा. राघव धिताल ओबीईले गरेको हुन् ।                                         

प्रमुख अतिथि डा धितालले पुस्तक विमोचन गर्दै  भने  'यो पुस्तकले कविता, पुस्तक समीक्षा र पुस्तकहरूको जानकारी बाहेक नेपालका विशिष्ट साहित्यिक व्यक्तित्वहरूसँगको अन्तर्वार्ता, चित्रकलाहरू आदिमार्फत नेपाल, नेपाली साहित्य र नेपाली संस्कृतिलाई परिचित गराउँछ । यस अर्थमा यो पुस्तक उत्कृष्ट साहित्यिक सामग्रीहरुको संकलन हो ।'


'वास्तवमा, मलाई लाग्छ कि संसारभरि बस्ने नेपालीहरूले यस्तो प्रकाशनको चाहना राखेको लामो समय भइसकेको छ । पुस्तकले नेपाली साहित्य जगतलाई थप आयाम दिनेछ' डा. धितालले भने ।

पुस्तक बेलायतस्थित बुकहिल इन्टरनेसनलले प्रकाशन गरेको हो ।  लेखक एन्ड्री रोबीका अनुसार अनुसार यो एक ज्ञानवर्धक प्रकाशन हो जुन नेपाली साहित्यको बारेमा जान्न चाहने व्यक्तिले पढ्नै पर्नेछ।

'यो पुस्तक प्रकाशनले म एकदम उत्साहित छु । यस पुस्तकले पाठकलाई मौलिक नेपाली स्वादको साहित्य पस्कने छ भन्ने विश्वास छ'संगीता स्वेच्छाले भनिन् । “इलेक्ट्रोनिक भर्सन र हार्डककभरमा पनि पुस्तक आउने क्रममा छ । खुसीको कुरा यो पुस्तकको इबुक र्भसन चाँडै नै बुक हिल इन्टरनेशनल र बुक हिल वेबसाइट दुवैमा पाठकले प्राप्त गर्न सक्नुहुनेछ ।” उनले जानकारी दिइन् ।    

उक्त कार्यक्रममा पुस्तकका बारेमा बोल्ने क्रममा कवि तथा अनुवादक हेम विश्वकर्माले विभिन्न विधालाई एकै पुस्तकमा समेटेर मौलिक नेपाली साहित्यलाई विश्व साहित्य संसारमा यसरी ल्याइएको सम्भवतः पहिलोपटक देखेको भनि टिप्पणी गरे ।

'विश्व साहित्य क्षितिजमा नेपाली साहित्य उत्थानका लागि यस्ता काम विरलै भएका छन् । उहाँहरुले गर्नुभएको यो मेहेनत एकदमै सराहनीय छ । नामजस्तै यसले नेपाली साहित्यको ‘हिमालय’ विश्व साहित्यसामु एउटा प्रकाश झैँ देखिनेछ' विश्वकर्माले भनिन् । उक्त पुस्तक अमेजन मार्फत बजारमा उपलव्ध छ ।


Author

थप समाचार
x