साहित्य

सम्राट उपाध्यायले छाने उत्कृष्ट सात अंग्रेजी कथा

इकागज |
पुस १३, २०७८ मगलवार १५:३७ बजे

काठमाडौँ - नेपालबाट अंग्रेजी भाषामा प्रकाशित हुने साहित्यिक पत्रिका ललित म्यागेजिन र अमेरिकाको इन्डियाना युनिभर्सिटी ब्लुमिङटनका डिस्टिङ्ग्युस्डप्रोफेसर तथा लेखक सम्राट उपाध्यायको व्यक्तिगत पहलमा विगत पॉच वर्षदेखि भैरहेको अंग्रेजीको छोटो कथा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ ।

‘सर्ट स्टोरी कम्पिटिसन’को उद्देश्य, नेपाल र नेपाल बाहिर वसोवास गर्ने नेपालीहरूलाई अंग्रेजी भाषामा कथालेख्न प्रोत्साहनको लागि सुरु गरिएको थियो। 
यस वर्ष कथाहरू बुझाउने मिति ललित म्यागाजिनले २०२१ अक्टूबर १५ तोकेको थियो । 


प्रतियोगितामा १७५वटा कथाहरू प्राप्त भएको थियो । जसमध्ये ललितले ४६ वटा कथाहरू लेखक उपाध्यायलाई पठाएको थियो। सोहीमध्ये ७ वटा कथाहरू उत्कृष्ट छानिएका र ७ मध्ये तीनवटा पुरस्कृत भएका हुन् । 

पुरस्कृत प्रथम पूजा पौडेल, द्वितीय रितु राजवंशी र तृतीय दुई सदिश ढकाल र अल्फा शाक्यका कथाहरूलाई ललित म्यागाजिनमा प्रकाशन गरिनेछ। पुरस्कारको राशि लेखकसम्राट उपाध्याय र इन्डियाना यूनिवर्सिटीद्वारा प्रायोजित गरिएको छ।

पुरस्कारको रकम प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २०, १५ र १० हजार रहेको छ । पुरस्कृत कथाहरूको छनौट लेखक सम्राट उपाध्यायले गरेका थिए। स्मरणीय छ, काठमाण्डू गेस्ट हाउसले तीन वर्ष अगाडि, गेस्ट हाउसको ठमेलस्थित ‘ड्रिम गार्डेन’मा ‘वाल्क अफ स्टोन’ राखेको थियो । लेखकलाई सम्मान दिँदै  लेखकको नाम कुँदिएको ढुँगा, त्यहाँ पहिलोपटक राखिएको थियो।

साथै, सोही समयमा, काठमाण्डू गेस्ट हाउसले, लेखक सम्राट उपाध्यायको नाममा, आफ्नो होटेलको एउटा कोठा पनि डेडिकेट गरेको थियो ।


Author

थप समाचार
x