पुष्पलालका प्रिय पात्र मदनलालको पुस्तक सार्वजनिक
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालसँग लामो समय सहकार्य गर्ने अवसर पाएका मदनलाल पौडेलको आत्मकथा ‘मृत्युले मुसारेको मानिस’ पुस्तक सार्वजनिक भएको छ ।
शुक्रबार काठमाडौँमा वरिष्ठ साहित्यकार तथा पूर्व मन्त्री मोदनाथ प्रश्रितले एक समारोहबीच लोकार्पण गरेका हुन् । २०१७ सालपछि तितरबितर भएको नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनः सङ्गठित गरी त्यसको मजबुत जग हाल्ने काममा ती कार्यकर्ताहरूको संघर्ष, रगत पसिना र इमान जमानको सेरोफेरोमा यो आत्मकथा केन्द्रित छ।
मदनलाल पौडेल एउटा प्रतिनिधि पात्र हुन्, यस सङ्घर्षको कथाको। त्यसैले उनको कथाले मूलतः त्यति बेलाको परिवेश र समग्रतालाई समेट्न सकेको हुँदा तत्कालीन समय प्रभावको एउटा दर्पण बनेको कुरा समीक्षकहरूले समारोहमा बताएका छन्। पौडेल पुराना पत्रकार पनि हुन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया