मोहन मैनालीको 'आकाशमुखी' सार्वजनिक
काठमाडौँ - लेखक, पत्रकार एवम् अनुवादक मोहन मैनालीद्वारा अनूदित पुस्तक आकाशमुखी लोकार्पण भएको छ । शनिबार काठमाडौँमा आयोजित समारोहमा अध्येताद्वय हरि शर्मा र सगुना शाहले संयुक्तरूपमा पुस्तकको लोकार्पण गरेका हुन् । वक्ताहरूले पुस्तक नेपाली साहित्यका निम्ति उम्दा खुराक रहेको बताए ।
पहिलो र दोस्रो विश्वयुद्धको बिचका चर्चित लेखकको निबन्ध समावेश रहेकाले नेपाली पाठकहरूका लागि राम्रो खुराक हुने राजनीतिक विश्लेषक हरि शर्माले बताए। पुस्तक विमोचन समारोहमा बोल्दै शर्माले अनुवाद भए पनि मोहन मैनालीको लेखन शिल्पीका कारण पुस्तकलाई 'अनुवाद'मात्र मान्न नसकिने बताए ।
लेखक सगुना शाहले पुस्तकको शीर्षक आकाशमुखीमाथि प्रकाश पार्दै बृहत सोच र दृष्टिकोणलाई सहज रुपमा रुपान्तरित रुपमा निवन्ध संग्रह आएको बताइन् । पुस्तक प्रकाशन असहज अवस्थाबाट गुज्रिएको बताउँदै प्रकाशक संस्थाका भुपेन्द्र खड्काले बजारको अवस्था हेरेर कम मूल्यमा नै आकाशमुखी बजारमा ल्याइएको बताए।
बुक हिल पब्लिकेसन्स प्रालिले प्रकाशित गरेको पुस्तकमा बुकर टी. वाशिङ्टन, जर्ज बर्नाड शअ, सर रिचर्ड लिभिङस्टोन, सर फ्रान्सिस एडवार्ड योङहस्बेन्ड, भर्जिनिया ऊल्फ, साइभिय द मेस्थ्र, बेन जोन्सन, अल्दस हक्स्ले, फ्रान्सिस बेकन, रिस्तो मेनेस्की र जे. बी. एस हल्देनका निवन्ध संग्रहित छन्।
१६० पृष्ठको पेपरब्याक संस्करणको मूल्य ३३३ रुपैयाँ राखिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया