साहित्य

कर्णाली उत्सवको तेस्रो संस्करणमा ११ सेसन, सबै वक्ता नयाँ

इकागज |
फागुन १९, २०७८ बिहीबार २१:४१ बजे

फाइल फोटो

काठमाडौँ : फागुन २७ गतेदेखि सुरु हुने कर्णाली उत्सवको तेस्रो संस्करणमा ११ वटा सेसन राखिएको छ । गएका वर्ष १४ देखि १५ वटासम्म सेसन हुने कर्णाली उत्सवमा यसपटक घटाएर ११ कायम गरिएको छ ।

सबै सेसनमा नयाँ वक्ता र सञ्चालक रहने आयोजक ऋति फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका सीइओ दिनेश गौतमका अनुसार कर्णालीकै नयाँ, मिडियामा पनि नआएका र प्रतिभावान व्यक्तिलाई यसपटक वक्ता बनाइएको छ ।


जसमध्ये दुई वटा सेसनका वक्ता र सञ्चालक सार्वजनिक गरिएको छ । बाँकी सेसनबारे पनि छिट्टै जानकारी दिइने उनले बताएका छन् । सुर्खेतको बुलबुले उद्यानमा हुने कर्णाली उत्सवको तेस्रो संस्करण फागुन २७, २८ र २९ गतेसम्म हुनेछ । एउटा सेसन डेढ घण्टासम्मको हुनेछ । 


Author

थप समाचार
x