मिसन जनकपुरधाम ‘रामा’
गर्मीले हद गरेको छ । पसिनाले भिजेको गम्छा निचोरेँ । हाफ् बोइल एग र मसला चिया अर्डर गरेँ । भित्रको कुनाको टेबलमा बसेँ र चुरोट सल्काएर पहिलो पप लिएँ । म निकै आनन्द महसुस गर्दै छु । तपार्ईंलाई म कहाँ छु जस्तो लाग्यो होला ? सुन्नुस्, म तपार्ईंको उत्सुकता बढ्न दिनेछैन र भन्दिहाल्छु ।
म अहिले जानकी मन्दिरको उत्तरढोका सामुन्ने चन्दे लस्सी भण्डारनिर छु । आउनुस्, चियासँगै तपार्ईं र म मिसनमा लाग्नुपर्नेछ । तपार्ईंलाई मिसनबारे पनि बताउँला ।
ओ महाशय ! कहाँ हराउनुभएको ? सुन्नुस् ! मेरा कुराहरू । मास्क खोल्नुस् । चुरोट लिनुस् । सल्काएको चुरोट पास गरेँ । तपार्ईं नघर्बराउनुस् । यो मिसनमा तपार्ईं र म सँगै रहनेछौं । बस्, कामको बाँडफाँड गरौँ । तपार्ईंलाई कामबापत जति चाहिन्छ, त्यति दिनेछु । तर काम बिग्रिए तपार्ईंलाई म ससम्मान सेतो कात्रोमा घर फर्काउनेछु । त्यसैले ध्यान दिएर सुन्नुस्, मेरा कुराहरू ।
तपार्ईं र म यहाँबाट विद्यापतिचोक हुँदै मालपोत गेटभन्दा एक सय मिटर अगाडि रोकिनेछौं । तपाईं त्यहाँबाट भाग्न पाउनु हुनेछैन । तपार्ईं उत्रिएर दाजुभाइ क्याफे पस्नु हुनेछ । बस्, त्यहाँ चिया र चुरोट पाइन्छ । तपार्ईंलाई चियाको मगमग बास्नाले चुस्की लिन मन लाग्न सक्छ । हुन्छ, चियाको चुस्की लिन सक्नुहुन्छ । त्यहाँ एक हुल केटा रहनेछन् । तर नआत्तिनुस्, ती सबै मेरा केटा हुन् । तपार्ईं त्यहाँ ठीक २० मिनेट बस्न पाउनु हुनेछ । तपार्ईंलाई कालो लुगा लगाएको कालो मास्क लगाएको कालो वर्ण भएको एउटा भाइले कालो ब्याग दिनेछ ।
महाशय ! सुन्दै त हुनुहुन्छ नि ? लिनुस् अर्को चुरोट पनि सल्काउनुस् !! तपार्ईंले त्यो ब्याग खोल्ने प्रयत्न गर्दै नगर्नु होला । त्यहाँ खोल्ने इच्छा मात्र पनि जनाउनु भयो भने ती एक हुल केटा तपार्ईंमाथि जाई लाग्नेछन् । अँ, साँच्ची तिनीहरू सबैसँग भरुवा बन्दुक र राइट हन्टको धारिलो चक्कुसमेत छ । होस् गर्नुहोस् । तपार्ईं २० मिनेटपश्चात् मालपोतसम्म हिँड्दै आउनुपर्ने हुन्छ ।
त्यहाँ एउटा हिरो होन्डाको एक्टिभा स्कुटर रहनेछ । ठीक मालपोतको गेट अगाडि एक जना केटाले तपार्ईंलाई स्कुटरको साँचो दिनेछ । तपार्ईं त्यहाँबाट रफ्तारमा आउनुहोला तर ख्याल राख्नुस् लोकल केटाहरूले तपार्ईंलाई चोकदेखि पिछा गर्नेछन् । ती सबै मेरा केटाहरू हुन् । नघर्बराउनुस्, तपार्ईं सीधै भानुचोक हुँदै मिलएरिया आइपुग्दा होटल रामा देख्नु हुनेछ । तर गेटभित्र पस्नु अगाडि तपार्ईंलाई केटाहरूले केही धारिलो हतियारले प्रहार गर्न खोज्छन् ।
तपार्ईं पुलिसलाई १०० मा कल गरेर बोलाउनुहोस् । पुलिस देख्नसाथ केटाहरूले तपार्ईंलाई साइन दिनेछन् । स्कुटर लिएर रामाभित्र पस्नुहोस् । स्कुटरको डिक्की खोल्नुहोस् । त्यहाँभित्र ‘घनचक्कर’ र ‘बाथटब’ पुस्तक रहनेछ । त्यो बीच एउटा कटुवा पेस्तोल पाउनुहुन्छ ।
सुन्नुस्, त्यो पेस्तोल तपार्ईंले ब्यागमा हाल्नुस् र सरासर रिसेप्सनमा जानुस् । स्कुटरमा साँचो खुल्लै हुन दिनुस् । रिसेप्सनमा २०५७ अर्थात् सन्ताउन्न भन्नुस् । उसले चक्कु दिनेछ र रेस्टुरेन्टमा बस्न भन्नेछ । नडराउनुस् रेस्टुरेन्ट खाली रहनेछ । किनकि कार्यक्रम पहिलो तल्लामा जारी छ । तपार्ईंलाई इच्छा लागे चुरोट सल्काएर चिया मगाउन सक्नु हुनेछ । तपार्ईंसँग केवल ३० मिनेट बाँकी हुनेछ । त्यो ३० मिनेटमा तपार्ईंले ब्याग खोलेर कालो ज्याकेट र कालो मास्क लगाउनु पर्नेछ । ज्याकेटको माथिल्लो खल्तीमा कटुवा र म्याग्जिन रहनेछ ।
तपार्ईंलाई रामा गेट अगाडि म कुर्दै हुन्छु । रातो बलेरोमा । आउनुस् त्यसपछि बाबाको ढावामा गएर तपार्ईं र मेरो हिसाबकिताब त्यही सक्काउँला !
याद गर्नुस् ! तपार्ईंसँग दुईवटा पेस्तोल छन् । तपार्ईंले कुनै एक कटुवा एकएक गरी सातवटा भर्नुपर्ने हुन्छ । भरेर तपार्ईंलाई ठेकेदार सन्ताउन्न भन्नेर ठीक ३० मिनेटमा २१३ मा बोलाउनेछ । तपार्ईं कालो ज्याकेटको बाह्य खल्तीमा कटुवा राखेर हिँड्नु हुनेछ । रिसेप्सनको केटाले तपार्ईंलाई त्यहाँसम्म लग्नेछ । तपार्ईं सिँढी चढ्दै गर्दा बायाँतिर हलको ढोका खोल्नेछ र बफरमा इछै मिथिला भन्ने गीत जोड स्वरले घन्किनेछ ।
तपार्ईं ठीक २१३ अगाडि पुग्नु भएपछि ढोका नक् गर्नुपर्ने हुन्छ । त्यहाँ सेक्युरिटी हुनेछ तर नघर्बराउनुस् त्यो मान्छेले ५७ भन्नुछ र तपार्ईंले मुन्टो हल्लाउनुपर्ने हुन्छ । तपार्ईं भित्र प्रवेश गरेपछि त्यहाँ मन्त्री र मन्त्रीका दुई निकट रहनेछन् ।
त्यही हो जसले कालान्तरमा मानिसको भोटमा मोज गरेको । तिनै निकट हुनुमान हुन् जसले मन्त्रीको दलाली र भ्रष्टाचार लुकाउन नयाँ जुक्ति बाँड्ने । तर मन्त्री एक नम्बरको घटिया हो । यिनै मन्त्री हो, जसले आश्वासनमा देश र जनतालाई मैसुफ बनाइरह्यो । तपार्ईंले कटुवा निकालेर प्रथम निकट हनुमानलाई सीधै गोली बायाँ खुट्टाको माथिल्लो भागमा हान्नु हुनेछ । रक्तामे ऊ चिच्याउनेछ तर नघर्बराउनुस् त्यहाँ बुफर अझ जोडले घन्किनेछ । तपार्ईंको गोलीले ऊ घाइते भएको छ । मरेको छैन । छट्पटाउन दिनुस्, कमसेकम मर्न पनि उत्तिकै कठिन होस् जसरी उसले मन्त्रीको आडमा बलात्कार गरेको छ । मानिसको खुसी लुटेको छ ।
मन्त्री काम्नेछ । र अर्का निकटले परिवार रहेको भिख माग्नेछ । तर छोड्नुस् दया, गरिबमाथि देखाउनुहोला । मन्त्रीसँग प्रश्न गर्नुपर्ने हुन्छ तपार्ईंले तर त्योअघि भिख माग्दै गरेको निकटले तपार्ईंमाथि प्रहार गर्ने गिलासमा छर्रा लाग्दै निकटको हातमा गोली ताक्नुस् । त्यति भएपछि अर्को निकटको टाउकोमा गोली ठोक्नुस् ।
याद गर्नुस्, तपाईंसँग सात गोली मात्र हुन्छ । हातको रगत रोक्ने प्रयास गर्दैगर्दा तपाईंले उसलाई नमार्ने आश्वासन दिनुहोला । उसमा हिम्मत आउनेछ । तपार्ईंले तीन गोली खर्च गरिसक्नु भयो । बाँकी चार गोलीमध्ये एक गोली भित्तामा हान्नुस् ।
मन्त्री भाग्दैन, चुपचाप कटुवा देखाएर खाटमा बस्न भन्नुस् । र प्रश्न गर्नुस् ! तीन प्रश्न :
१. मन्त्रीज्यू नमस्कार, यी मरेका तपार्ईंका भारदारले जनतालाई आश्वासन मात्र दिए, मार्दिए ? मैले ठीक गरें नि है ? (उत्तर पर्खनुस् र इच्छा लागे चुरोट सल्काउनुस् ।)
२. मन्त्रीजी, तपाईंले ठेकेदारलाई कारबाही किन गर्नु भएन ? हेर्नुस् त ! सडक, पुल र योजनाका काम ?
हाँस्दै ! मन्त्रीजी कमिसन कति ?
(चुरोट सल्काएर बीच भागमा आइपुग्दा अर्को प्रश्न गर्नुहोस् ।)
३. मन्त्रीजी, तपाईंले सत्ताका लागि जनता मार्नुभयो । मैले तपार्ईंलाई मार्दा हुन्छ ?
चुरोटको अन्तिम पफ तानेर मन्त्रीको उत्तरअगावै छातीमा गोली ठोक्नु र हाम्रो मिसन सक्सेसको नाममा मन्त्रीको टाउकोमा अन्तिम गोली ठोक्नु । सुन्नुभयो । गोली सक्काउनु भयो नि ? अब एउटा ब्यागमा रहेको कटुवामन्त्रीको निकटको हातमा राख्दिनुस् र तपाईंको हातको कटुवा अर्का घाइतेका हातमा । र सन्ताउन्न भन्दै बाहिरिनु होस् । बाहिर रहेको सुरक्षा सुरक्षा गार्डले निकटले नै मारेको र आफूले देखेको भन्ने छ । मन्त्री र निकट पैसा र टेन्डर नमिलेको कारण आफैंमा विवाद हुँदा मन्त्रीलाई गोली ठोकेको भन्दै सुरक्षा गार्ड साक्षी बस्नेछ ।
तपार्ईंलाई रामा गेट अगाडि म कुर्दै हुन्छु । रातो बलेरोमा । आउनुस् त्यसपछि बाबाको ढावामा गएर तपार्ईं र मेरो हिसाबकिताब त्यही सक्काउँला !!
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया