साहित्य

जुम्ला र डोल्पाबाट एकै दिन दुई किताब सार्वजनिक

इकागज |
माघ ३०, २०७७ शुक्रबार २२:२ बजे

काठमाडौँ : कर्णालीका लेखकद्वय प्रेमबहादुर बोहरा र गोविन्द नेपालीको पूस्तक सार्वजनिक भएको छ । बोहराले लेखेको ‘कोग्ले’ र नेपालीले लेखेको ‘गोविन्दको : मौलिक ज्ञानको कला सिद्धान्त’ नामक पुस्तक सार्वजनिक भएको हो ।

भृकुटीमण्डपमा आयोजित एक कार्यक्रमबीच बोहराको पुस्तक ‘कोग्ले’ सार्वजनिक गरिएको हो । यस्तै कमलादीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा ‘गोविन्दको : मौलिक ज्ञानको कला सिद्धान्त’ विमोचन भएको हो ।


बोहरा डोल्पाका स्थायी बासिन्दा हुन् । नेपाली भने जुम्लाका स्थायी बासिन्दा हुन् । दुवै जना काठमाडौँ बस्छन् । बोहराले पुस्तकमै ‘डोल्पाको युवाले चिहाएको संसार’ भन्दै ‘कोग्ले’को परिचय दिन खोजेका छन् ।

यस्तै नेपालीले भने अध्ययन, अनुसन्धानका क्रममा आफूले पाएको ज्ञानलाई मौलिक ज्ञानका रुपमा संग्रह गरेर पुस्तक सार्वजनिक गरेका हुन् ।


 


Author

थप समाचार
x