साहित्य

कर्णालीविद् साहित्यकार गगनसिंह थापाको निधन

इकागज |
कात्तिक १९, २०७७ बुधबार १२:५७ बजे

काठमाडौं : साहित्यकार गगनसिंह थापाको आज कात्तिक १९ गते बिहान ७३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि कलेजोको रोगबाट पीडित उनका ‘सोह्र सौगात’, ‘कर्णालीको छेउछाउ’, ‘पुर्खाको चिट्ठी’, ‘मेरो मधुशाला’, ‘उज्ज्वली’, ‘महाप्रलय’ पुस्तक प्रकाशित छन् ।

उनको ‘मरुभूमिकी महारानी’ यसै साता  प्रकाशित हुँदै छ ।  कर्णाली र सुदूर पश्चिम क्षेत्रको भाषा, सभ्यता र संस्कृतिबारे  कलम चलाउने थापा कैलाली टिकापुर क्षेत्रमा साहित्यका साथै शैक्षिक र सामाजिक जागरणका अगुवाका रुपमा पनि परिचित थिए । थापाका एक श्रीमती र कवि हिक्मत थापासहित तीन छोरा र एक छोरी छन् ।



Author

थप समाचार
x