संस्कृतिविद जोशीद्वारा महाकाव्य दङ्गि उर्वशी विमोचन
काठमाडाैँ– कवि डाक्टर गोविन्द आचार्यद्वारा लिखित ‘दङ्गि उर्वशी’ महाकाव्यकाे विमाेचन गरिएकाे छ।
अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरको आयोजनमा भएकाे एक कार्यक्रममा उक्त पुस्तक सार्वजिनक गरिएकाे हाे । साे पुस्तकलाई वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीले विमोचन गरे l महाकाव्य लोकार्पण गर्दै इतिहास साहित्य र संस्कृति हाम्रा धरोहर र वैभव भएकाले तिनको संरक्षण आजको सचेत नागरिकको दायित्व भएकाे जाेशीले बताए। विमोचित महाकाव्यमा पनि मिथक संस्कृतिको प्रयोग भएकोमा खुशी लागेको शताव्दी पुरुष सत्यमोहन जोशीकाे भनाइ छ l
अन्तर्राष्ट्रिय साहित्य समाज नेपालको व्यानरमा जोशी निवासमा भएको पुस्तक विमोचन समारोहको अध्यक्ष सो समुहकी नेपाल च्याप्टरकी अध्यक्ष साहित्यकार सन्ध्या पहाडीको सभापतित्वमा भएको थियो l वरिष्ठ साहित्यकार प्रा.डा. खगेन्द्रप्रसाद लुइंटेल. प्रा. कोषराज न्यौपाने, रमेश खकुरेल र अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले महाकाव्यकारलाई बधाई र शुभकामना दिंदै समालोचकीय मन्तव्य व्यक्त गरेl
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया