साहित्य

‘शाश्वत आकृति’ सार्वजनिक

इकागज |
बैशाख २, २०७९ शुक्रबार १४:३१ बजे

फाइल फोटो

काठमाडौँ - कवि राधा कार्कीको ‘शाश्वत आकृति’ कविता सङ्ग्र सार्वजनिक भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ, सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायलगायतले बिहीबार सो पुस्तक सार्वजनिक गरेका हुन् । 

 कुलपति उप्रेतीले कवि राधा लगनशील स्रष्टा भएको बताए । कुलपति उप्रेतीले राधाका कविताहरू विषयवस्तु, शिल्प र शैलीका हिसाबले सुन्दर भएको उल्लेख बताए । 


सदस्य सचिव प्रा उपाध्यायले जीवन र जगत्का विविधि पक्षलाई विषय बनाएर लेखिएका राधाका कविताहरूले समाजलाई सकारात्मक सन्देश दिने बताए । 

राधाका यसअघि लघुकथासङ्ग्रह ‘संवाहक’, बालकथासङ्ग्रह ‘पप्पी र पट्टु’ प्रकाशित छन् । मकालु प्रकाशन गृहबाट प्रकाशित ‘शाश्वत आकृति’मा ५२  कविता समाविष्ट छन् । रासस


Author

थप समाचार
x