पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान सफल
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान सफल भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएसँगै यती र बुद्ध एयरलाइन्सले बिहीबार परीक्षण उडान गरेको हो ।
दुवै कम्पनीका विमान पुरानो पोखरा विमानस्थलबाट उडेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण भएको हो । पुस १७ अर्थात् १ जनवरी २०२३ बाट आन्तरिक उडानसमेत सर्दैछ । नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै दुवैै एअरलायन्सले परीक्षण उडान गरेको हो ।
एअरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक जनशक्ति तयार गर्ने, आवश्यक तालिमहरु दिने, भुमिस्थ उपकरण ब्यवस्थापन गर्ने, विमानस्थलको स्थित अफिस तयारी गर्ने आन्तरिक कामलाई तीव्र्र बनाएको छ ।
एयरलाइन्सले चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एयरलाइन्सको आन्तरिक तयारीका लागि उडान भरेको बुद्ध एअरका निर्देशक रुपेश जोशीले जानकारी दिए । उडानले चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलको बस्तु स्थिति जानकारी हासिल गर्न सहज भएको उनले बताए ।
परीक्षण उडान सफल भएसँगै पुस १७ अथात् १ जनवरी २०२३ बाट उडान भर्न समस्या नरहेको पोखरा विमानस्थलका निर्देशक विक्रम गौतमले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया