प्रदेश / स्थानीय सरकार

सुदूरपश्चिम प्रदेश निर्माण महिला समन्वय समिति चयन

इकागज |
माघ १४, २०७९ शनिबार १७:३६ बजे

कैलाली- निर्माण व्यवसायी महिलाहरूको सुदूरपश्चिम प्रदेश स्तरीय निर्माण व्यवसायी भेलाले बसन्ती भण्डारीको संयोजकमा सुदूरपश्चिम प्रदेश निर्माण महिला समन्वय समिति चयन गरेको छ ।

धनगढीमा आज भएको भेलाले समन्वय समितिको सह-संयोजकमा शुभलक्ष्मी हमाल र इश्वरी ओली चयन भएका छन् । त्यस्तै अन्य सदस्यहरूमा निर्मला सापकोटा भट्ट, इश्वरी देवी जोरा, लक्ष्मी रिजाल केसी, अहिल्या बोहरा, दीपा बोहरा, गिता नेपाली, ममता बोहरा, मिना शर्मा कोइराला र राधिका भुजेल चयन भएका छन् । 


कार्यक्रममा निर्माण क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै चार जना महिला निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । 

सम्मानित हुनेमा रश्मि बिल्डर्स प्रालि कंचनपुरकी शक्ति पन्त विष्ट, सुर्मादेवी कन्स्ट्रक्सन कैलालीकी गिता शर्मा कोइराला, हेमा निर्माण सेवाकी इश्वरी ओली र मोहन कुमारी कालिकोटे रहेका छन् । 

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाशबहादुर सेठी, महासंघका प्रदेश अध्यक्ष लक्ष्मणकुमार स्वार, केन्द्रीय सदस्यहरू किशोर ठकुराठी, दिनेश सिंह, गंगा पोखरेल, यमुना भट्ट लगायतको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x