प्रदेश / स्थानीय सरकार

सुत्केरीको मृत्युको विषयमा दुई पक्षबीच सहमति

इकागज |
भदौ १, २०८० शुक्रबार १३:१ बजे

फाइल तस्बिर

विराटनगर- सुत्केरीको मृत्युको विषयलाई लिएर तनावग्रस्त बनेको कोशी अस्पताल प्रशासन र मृतकको आफन्तबीच सहमति गर्ने समझदारीपश्चात शान्त बनेको छ । बिहीबार राति अस्पताल तनावग्रस्त बनेपछि शुक्रबार दुवै पक्षबीच सहमति गर्नेगरी वातावरण शान्त बनाइएको छ । 

विराटनगरस्थित कोशी अस्पतालमा आठ दिनकी सुत्केरीको मृत्यु भएपछि बिहीबार रातभर मृतकका आफन्तले अस्पताल परिसर परिसर घेराउ गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरे ।


आईसीयूमा उपचाररत मोरङकै रंगेली नगरपालिका–३ की १८ वर्षीया सुलेखा मण्डल कामतको बिहीबारै राति मृत्यु भएको थियो । गत २४ साउनमा रंगेली अस्पतालमा शिशुलाई जन्म दिएकी कामतको श्वासप्रश्वासमा समस्या भएपछि २८ साउनमा  कोशी अस्पतालमा ल्याइएको थियो । 


Author

थप समाचार
x